arrow

हाम्रो भूमिमा विदेशी आर्मी नबसोस्– सांसद दिव्यमणि राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ २८ बुधबार
divyamani-rajbhandari2.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सीमा अतिक्रमणका बारेमा आँखा खोलिदिने विज्ञहरुलाई धन्यवाद दिएका छन् । 

प्रतिनिधिसभाको मंगलबार (जेठ २७) गतेको बैठकमा बोल्दै सांसद राजभण्डारीले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई धन्यवाद दिएका हुन् । 

अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका राजभण्डारीले  सीमाका विषयमा  पटक पटक सरकारलाई निर्देशनसमेत दिएको बताए । 

उनले भने, ‘आज समितिको निर्देशन र राज्य व्यवस्था समितिको निर्देशनपछि सरकारले नेपालको नक्सा जारी गर्यो । नक्सा जारी गरिसकेपछि आज यस विधेयकलाई संसोधन गर्न प्रस्तुत गर्नुभएका चारै जना यस समितिका र सम्बद्ध रहनु भएका नेपाली चेलीहरु, नेपाली बुहारीहरु र नेपाली आमाहरुलाई आफ्नो माटोको माया, आफ्नो देशको माया म जुन तरिकाले उहाँहरुले प्रस्तुत गर्नुभो त्यसमा म विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले अगाडि थपे, ‘यस प्रस्तावमा नेपाली कांग्रेसले संस्थापन रुपमा आफ्नो समर्थन जनाइसकेको छ । त्यसकारण म पनि त्यही पक्षमा उठेको छु ।’

सांसद राजभण्डारीले ‘यसलाई नक्सामात्र पास गरेर संविधानको मात्र कुरा हैन कार्यान्वयन गर्नको निम्ति ठूलो चुनौती छ’ भन्दै आफू लगायत नेपाली कांग्रेस अनि कांग्रेसका कार्यकर्ताहरुले शुभकामना दिन चाहेको बताए । 

आफूले चाहेको स्पष्ट पार्दै भने, ‘हामी के चाहन्छौं भने हाम्रो भूमिमा विदेशी आर्मी नबसोस् ।’

‘हाम्रा भूमिमा हामी आफैले विकास गर्न सकोस् र हाम्रा भूमिमा नेपाली जनता नै बस्न सकोस्’ भन्दै सांसद राजभण्डारीले ‘त्यही सोच गर्दै हामी सबै एक होऔं’ भनेका छन् ।

सांसद राजभण्डारीले एक भएर अगाडि बढ्दै कसैलाई पनि घमण्ड नगर्न सुझाव दिएका छन् ।

उनले भने, ‘जुन तरिकाबाट जसले वार्ता गरेर यो हाम्रो सफलता गर्न सक्छ । जसरी हामीले हाम्रो जमीन फिर्ता गर्न सक्छौं हाम्रा जनतालाई खुशी बनाएर राख्न सक्छौं त्यही गरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ