arrow

भगवान शिवको वासस्थानको खोजीमा ईन्द्रसहितका देवता

नन्दीश्वर   (२)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
trishul-shiva.png

गौरीघाट ।   त्रेतायुगमा नन्दी नाम गरेका एक ऋषि त्यहां आएर भगवान् शिवको तपस्यामा तल्लिन भएका थिए । उनी गर्मीको दिनमा पञ्चाग्नी तथा जाडोमा पानीमा उभिएर तपस्या गर्दथे । उनको तपस्याले शिवजी प्रसन्न भएर “तिमीले मेरो आराधना राम्रो संग गर्‍यौ अव मेरो रुप हेर” भनेर दिव्य नेत्र दिनुभयो । 

शिवजीको तेजको दर्शन पाएर उनले गदगद भएर शिवजीको स्तुति गरे । स्तुति सुनिसकेपछि शिवजीले आफूलाई जे चाहिन्छ त्यही मांग भन्नुभयो । उनले आफूलाई कुनै पनि प्रकारको सिद्धि, ऐश्वर्य न चाहिने तर भक्ति मात्र पाउं भनेर बिन्ती गरे । उनले आफू शिव बाहेक अरुको आराधना नगर्ने र दिन रात हजुरको जप, आराधना गरेर बस्न सक्ने क्षमता पाउं भने । 

नन्दीको यस्तो प्रकारको अनुरोध सुनेपछि शिवजीले भन्नुभयो, “तिमीले मलाई प्राप्तगर्न एक हजार वर्षसम्म तीन करोड जप गर्‍यौ जुन, आश्चर्यजनक छ । आजसम्म यस प्रकारको तपस्या कसैले गरेको थिएन । तीनै लोकका चर अचर प्राणीहरु क्षुब्ध भएकाछन् । तिमीलाई  भेटगर्न भनेर इन्द्रसहित सबै देवता यहां आउने बालाछन् । तिमीमा म बरावर अलौकिक शक्ति आएको छ , तिम्रो तीन नेत्र हुनेछ र तिमीमा सबै गुण व्याप्त हुनेछन्, तिमीलाई सबैले नन्दीश्वर भन्नेछन् । देवकार्यमा सबभन्दा पहिले तिम्रो पूजा हुनेछ । अव तिमी मेरो गण बन, मेरो व्दारपाल पदमा तिमी बस , तिमी खुशी भयौ भने म खुशी हुन्छु, तिमी रिसायौ भने म पनि रिसाउंछु ।  

 भगवान शिवले नन्दीलाई वर दिनुभएपछि जाने बेलामा भन्नुभयो, “तिमीलाई भेटगर्न ईन्द्रसहित सब देवता यहां आउनेछन् । उनीहरु आउनु अघि नै म यहांबाट जानुपर्छ भन्दै अन्तर्धान हुनुभयो ।  

नन्दीको शरीर दिव्य हुनगयो । उनी चार भुजा र त्रिनेत्र का भए । नभन्दै आकाशमा विचरण गरिरकेका देवता हरु इन्द्रकहां गए । उनीहरुलाई नन्दीले इन्द्रलोक हडप गर्छन् भन्ने परेको थियो । 

ब्रम्हाजी सहित सबै देवताहरु आएको नन्दीले थाहा पाए । उनी गदगद भए र भने, “मलाई हजूरहरु आउनु हुन्छ भनेर भोलेनाथ शिवले आज्ञाभएको थियो” आदि भन्दै देवताहरुको उपस्थितिमा खुशी जनाए । उनले यति भनेपछि देवताहरुले पनि आफूहरु श्रीशिवको दर्शन गर्नुपरेकोले स्थान बताईदिन आग्रह गरे । 

नन्दीले पनि सबै बृत्तान्त बताएर श्रीशिव त्यहीं नै अन्तध्र्यान हुनुभएको र उहांको शिवको कहां वास छ आफूले पनि थाहा नपाएकोले कुरा बताए । 

सनतकुमारले ब्रम्हाजीलाई शिवजीले नन्दीलाई कस्तो ज्ञान दिनुभएको थियो र उनले किन शिवजीको वासस्थान बताउन नचाहेको भन्ने प्रश्न गरे । ब्रम्हाजीले उनीहरुलाई भन्नुभयो, “देवताहरुको अगाडि मैले पनि सबै कुरा बताउनु भएन । तर पनि म केही बताउंछु भनेर बताउन थाल्नुभयो । उहांका अनुसार हिमालयको पारी संकटगिरी नामले प्रख्यात एउटा तपस्थल छ । त्यहां श्लेषमान्तक नामगरेको सांपले तपस्या गरेर बसेका थिए । 

उनले शिवजीको तपस्यामा तल्लिन भएकाले उहांले उसलाई आफ्नो दर्शन गराउनुभएको थियो । त्यसै वनमा श्रीशिव मृग रुपमा बस्नुभएको वेलामा देवताहरुले देखे । मृगरुप धारी शिवलाई उनीहरुले समाउन खोजे तर शिवजी अलप हुनुभयो ।

 श्लेषमान्तक नागले तपस्या गरेकोले त्यस बनको नाम श्लेषमान्तक वन रहन गयो । वासुकी नाग लगायत अनेक नदी, तीर्थ स्त्री पुरुषको रुप लिएर त्यहां दर्शन गर्न आए । नन्दी पनि त्यहां आइपुगे । इन्द्रले नन्दीलाई भगवान शिव कहां बस्नुभएको छ हामी पनि दर्शन गरौं भने तर नन्दीले पनि बताउन सकेनन् र आफूले पनि उहांको यही वनमा दर्शन पाएकोले सबै मिलेर यहां नै खोजौं भनेर सल्लाह गरे अनि खोज्न थाले ।  –क्रमशः..........)
यो पनि पढ्नुस् : 

नन्दीश्वर   (१)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ