arrow

माईतीघरमा प्रशासनको कडाइ, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित

logo
प्रकाशित २०७७ जेठ ३१ शनिबार
maitighar-mandala-xi.JPG

काठमाडौं। सरकारसँग कोरोना संकरमणको नाममा खर्च गरेको भनिएको १० अरबको हिसाबको माग लगायत सतप्रतिशत पिसिआर टेष्ट र व्यवस्थित क्वारेन्टिनको माग गर्दै देशैभरी युवाहरु सडकमा ओर्लेका छन्। यो हप्ताभरी देशका बिभिन्न स्थानहरुमा युवाहरुले प्रदर्शन गरिरहेका छन्।

काठमाडौंको माईतीघर मण्डलमा शनिवार हुने ‘वृहत प्रदर्शन’का लगि प्रशासनले कडाई गरेको छ। मण्डल जाने स्थानहरुमा पैदलयात्रीहरुलाई समेत सोधखोज गर्ने गरिएको छ। सवारीसाधनहरुमा स्वास्थ्य, सुरक्षाकर्मी र संचारकर्मी बाहेककालाई प्रवेश दिईएको छैन्।

सिंहदरवार, थापाथली, नयाँ वानेशवरदेखि नै जाँचमा कडाई गरिएको छ। माईतिघर आउने साना बाटाहरुमा पनि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ। मण्डलमा ४ वटा पानीको फोहोरा फाल्ने ट्रक रहेका छन् भने ७-८ वटा मानिस बोक्ने ठुला ट्रकहरु रहेका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको देखिन्छ।

शनिवार काठमाडौंको माईतिघर मण्डलमा हुने प्रदर्शन वृहत हुने भनिएको हुनाले प्रशासनले कडाई गरेको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ