arrow

कोरोना महामारीबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान र सेनाको सम्बन्ध चिसियो

logo
एएनआई,
प्रकाशित २०७७ असार ५ शुक्रबार
imran-khan-and-bajwa-pak.jpg

इस्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिडको महामारीको उचित व्यवस्थापन सहित सामना गर्न नसकेपछि पाकिस्तानी सेनाको उच्च नेतृत्व पाकिस्तानी सरकारसँग रिसाएको देखिएको छ। सरकारी अधिकारीहरूले महामारीको सामना गर्न असफल भएको पाकिस्तानी सेना वेखुसी समेत देखिएको छ।

पाकिस्तानका पूर्व कूटनीतिज्ञ तथा पत्रकार वाजिद शामशुल हसनले इमरान खान सरकारको कोभिड सम्बन्धि नीतिहरू पूर्ण असफल भएपछि सैन्य अधिकारीहरु पाकिस्तानको वागडोर सम्हाल्न आइपुगेका बताए। यद्यपी सैन्य कानुनको आधिकारिक घोषणा भने भएको छैन।

"सिभिलियन क्याडरमा लेफ्टिनेन्ट जनरलको पदमा पछिल्ला पदाधिकारीहरू सम्मिलित नहुन्जेल राज्यका स्वामित्वमा रहेको पीआईए, बिजुली नियामक र राष्ट्रिय स्वास्थ्य संस्था जस्ता मुख्य सरकारी ओहोदामा एक दर्जन भन्दा बढी पूर्व र वर्तमान सैन्य अधिकारीहरू नियुक्त भएका छन्। ती नियुक्तीहरु मध्ये तीन जनाको पछिल्ला दुई महिनामा भएको थियो।

इमरान खान सरकार कोरोना महामारीलाई रोक्ने सन्दर्भमा उत्तम विकल्पको दिन असफल भएको हसनले बताए। "कोरोना महामारी घटाउन प्रयोग गर्ने निर्णय गरेको दिनदेखि नै सिन्ध सरकारले बन्दाबन्दीको विरोध गरेको थियो। खानको पछिल्लो निर्णय 'स्मार्ट लकडाउन' भनेको स्थानहरूमा कोरोना बढ्दो गतीमा छ।" यो समाचार लेख्ने क्रममा मृत्यु हुनेहरूको संख्या बढेर ३ हजार बढी पुगेको छ भने संक्रमितहरुको संख्या एक लाख ६० हजार भन्दा बढी भइसकेको छ। परिस्थिति अझ खतरनाक भएकोले विश्व स्वास्थ्य संगठनले पाकिस्तानलाई गम्भीर नतिजाबारे चेतावनी दिएको छ।

डब्ल्यूएचओले हालै दिएको निर्देशनमा पाकिस्तानलाई कोरोनाभाइरस संक्रमणको बढ्दो रोकथाम गर्न "बीच-बीचमा" लकडाउन लागू गर्न भनेपनि प्रधानमन्त्री खानले लकडाउनसम्बन्धी प्रतिबन्ध हटाउन रोजेका थिए। गत मार्चमा इरानबाट आएका तीर्थयात्रीसँगै आएको कोभिड-१९ को उपस्थिति र मार्चमा पाकिस्तानमा प्रकोप विस्तार भएको थियो। त्यस बेलादेखि नै प्रधानमन्त्री खान सिन्ध सरकार र अन्य प्रान्तहरूले अपनाएका बन्दाबन्दी उपायहरूको बिरूद्ध आफ्ना धारणा राख्दै आइरहेका थिए।

उनले गरीव देशले ठूलो पैसा खर्च गर्न नसक्ने तर्क गरेका थिए। पाकिस्तान जस्तो देशले बन्दाबन्दीका कारण उत्पन्न बेरोजगारीको समस्या सम्बोधन गर्न नसक्ने बताएका थिए। पाकिस्तानका चार प्रान्तले बन्दाबन्दी गरेको छ। प्रान्तको निर्णयसँग खुसी नदेखिएका प्रधानमन्त्री खानले भने बन्दाबन्दीका कारण यी प्रतिबन्धहरू हटाइनेछ।

"अहिलेसम्म पनि पाकिस्तानले तालाबन्दी खोल्नको लागि कुनै शर्त पूरा गरिरहेको छैन", डब्ल्यूएचओले पंजाबका प्रान्तीय स्वास्थ्य मन्त्री डा यास्मीन रशीदलाई लेखेको पत्रमा दुई हप्ता खुल्ला र, दुई हप्ता बन्दाबन्दीको चक्र सिफारिस गरेको छ। डब्ल्यूएचओका अनुसार पाकिस्तानमा परीक्षण भएकाहरू मध्ये २५ प्रतिशत कोभिडका बिरामी रहेको विश्वास गरेको छ।

पाकिस्तानमा फेब्रुअरी २६ मा पहिलो पटक कोरोनाभाइरस देखा परे यता एक लाख ६० हजारमा संक्रमण देखा परेको छ जसमा तीन हजार जनाको मृत्यु भएको छ। सुरुमा देशव्यापी बन्दाबन्दी लगाएपछि सरकारले प्रतिबन्धहरू विस्तारै कम गर्दै गर्यो। देशको अर्थतन्त्र बचाउन आवश्यक भएको भन्दै प्रतिवन्धहरु खुकुलो बनाउँदै जाँदा संक्रमणमा भने वृद्धि भएको छ।

प्रधानमन्त्री इमरान खानले देशको अर्थव्यवस्था दिवालिया हुँदै गएको भन्दै बन्दाबन्दीलाई थप सुदृढ पार्न चिकित्सा विज्ञहरूको मागलाई वेवास्ता गरेका छन्। पाकिस्तानी अधिकारीहरूले "स्मार्ट लकडाउन" भनेपनि हालसालैका हप्ताहरुमा संक्रमणका घटनाहरुमा बढेको छ।

हसनका अनुसरा गिर्दो अर्थव्यवस्था, उपभोग्य बस्तुको बढ्दो मूल्य र गम्भीर कानून व्यवस्थाको कारण इमरान खानको प्रभाव घटेको छ। पाकिस्तानमा एकपछि अर्को भ्रष्टाचारका घटना समेत उजागर हुँदै गर्दा सत्ता साझेदारहरूको रूपमा सेनाको भूमिका देखिन थालेको छ। यसले नागरिक सरकारमाथि सेना हावी हुने बाटो खोलेको छ।

पूर्व कूटनीतिज्ञहरुका अनुसार, सेनाको सहयोगलाई सत्ताको मुख्य आधार मानिएको छ। पाकिस्तानमा धेरै साना गठबन्धनका साझेदारहरु जहिल्यै सेनाका कठपुतली मानिन्छन्।

उनले भने, "त्यस्ता घटनाक्रम नयाँ होइनन्। हाल र पछिल्ला सरकारहरूले समानताहरू फेला पर्न सक्दछन्। जहाँ बिस्तारै सेनाले सत्ता लिएको नहोस। यो कुरा बिर्सनु हुँदैन कि सेना सधैं पाकिस्तानको सबैभन्दा शक्तिशाली संस्था भएको छ र सीधै शासन गरेको छ। पाकिस्तानको  सत्तरी बर्षको इतिहासमा यहि इतिहास दोहोरिन अभिसप्त भएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ