arrow

सरकारको लापर्वाहीले कोरोना फैलियो –सांसद दिव्यमणी राजभण्डारी

logo
प्रकाशित २०७७ असार ७ आइतबार
divyamani-rajbhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सरकारको लापर्वाहीका कारण कोरोना भाइरस देशैभर फैलिएको आरोप लगाएका छन् । 

संसदमा बिगत महिना अघिदेखि बारम्बार आरटीडी परीक्षण रोकेर देशभरका आम नागरिकको पिसीआर किटको माध्यमबाट कोरोना परीक्षण गर्न माग गर्दै आएका सांसद राजभण्डारीले सरकारको चरम लापर्वाहीका कारण कोरोना देशैभर फैलिएको बताएका हुन् । 

उनले भने, ‘सरकारले सांसदहरुको कुरा सुनेन बरु उल्टो आरटीडी परीक्षणको भरमा मानिसहरलाई गाउँगाउँ पुर्याउने काम भयो, क्वारेन्टिनको सन्दर्भमा पनि त्यस्तै लापरवाही गरियो र क्वारेन्टिन नै असुरक्षित हुन पुग्यो ।’

भारतमा अलपत्र परेकाहरुको उचित व्यवस्थापन हुन सकेन फलतः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा थोरै संख्यामा रहेको संक्रमित संख्या ह्वात्तै बढी अहिले धान्नै नसक्ने स्थिति उत्पन्न भएको सांसद राजभण्डारीले बताए ।
 
‘प्रतिकूल अवस्थामा पनि जनता सडकमा निक्लेपछि सरकारले अहिले पीसीआर परीक्षण मात्रै गर्ने निर्णय त गर्यो तर धेरै ढिला भयो’, उनले भने । 

ढिला भए पनि अब युद्धस्तरमा पीसीआर परीक्षण गर्न र क्वारेन्टिनहरुलाई सुरक्षित बनाइ जनताको जीवन रक्षा गर्न सांसद राजभण्डारीले माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ