arrow

रोनाल्डोको गोलमा युभेन्ट्सको शानदार जित

logo
प्रकाशित २०७७ असार १७ बुधबार
ronaldo58.jpg

काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले हराएको छ । मंगलबार राति घरेलु टोली जेनोआविरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले ५० औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । 

त्यसको ६ मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । उनले यस सिजन सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । 

ड्युगलस कोस्टाले ७३ औं मिनेटमा पाहुना टोलीलाई ३–० ले अघि बढाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए ।

युभेन्ट्सबाट २५ गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो मात्र एक गोलले पछि छन् । सन् १९६०–६१ म ओमार सिभोरीले युभेन्ट्सबाट सर्वाधिक २५ गोलको कीर्तिमान बनाएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जाड्यो । उसले दोस्रो स्थानको लाजियोसंग स्पष्ट ४ अंकको अग्रता लियो । लाजियोले समेत टोरिनोलाई २–१ गोलले हराउँदै उपाधि होडमा आफुलाई कायमै राखेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ