स्थायी समितिका हुल्लडहरुले भनेको मान्दिन, राजिनामा दिन्नः प्रधानमन्त्री ओली
ओलीले भने मलाई हटाएर राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी, तपाईहरु कता लाग्ने निर्णय गर्नुस
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २० शनिबार
918
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसाग भेटेर फर्किएका प्रधानमन्त्री केपी ओलीले वालुवाटारमा उनलाई नै कुरेर बसेका मन्त्रीहरुलाई कता लाग्ने हो निर्णय गर्न भनेका छन्।
बालुवाटार निम्त्याईएका मन्त्री र राज्यमन्त्रीहरू ७ बजे नै बालुवाटार पुगे पनि ओली शीतल निवासबाट फर्किन केही ढीला गरेका थिए।
बालुवाटारबाट फर्किएपछि ओलीले आफूलाई राजिनामा दिन भनेका नेताहरुले राष्ट्रपति भण्डारीलाई पनि महाभियोग लगाउने तयारी गरेको सूचना आफूसँग आएको मन्त्रीहरुलाई बताएका थिए।
प्रधानमन्त्रीको भनाइपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले महाअभियोगको कुरा हल्लामात्रै भएकाले त्यस्ता विषयमा सचेत हुनुपर्ने भनेसँगै जवाफमा प्रधानमन्त्रीले आफूसँग त्यसको प्रमाण रहेको उल्लेख गरेका थिए ।
अर्का अध्यक्ष प्रचण्ड सहितका स्थायी समितिका नेताहरुसँग निकै रुष्ट रहेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भने ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्।’
प्रधानमन्त्री ओलीले दुईवटै पदवाट राजीनामा नदिने स्पष्ट पारेका थिए। उनले भने, 'मेरो राजिनामा देशको हितमा छैन् । यो हुल्लडहरुको समुह स्थायी समिति वैठकले गरेको निर्णय म मान्दिन्।'
प्रधानमन्त्रीले पार्टीभित्र एकै ठाउँमा रहने सम्भावना न्यून रहेको जानकारी मन्त्री तथा राज्यमन्त्रीहरूलाई गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि ओली आफ्नो सरकारी निवास बालुवाटार फर्किएका थिए।
सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै बेला पार्टीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ ।