arrow

पीएलएको बढ्दो असन्तुष्टी चीन सरकारको लागि खतरा

logo
जियानली यांग
प्रकाशित २०७७ असार २७ शनिबार
pla-army.jpg

वाशिङ्गटन। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता जाहो लिजिएनलाई जुन २२ मा नियमति प्रत्रकार सम्मेलन क्रममा भारतसँग गलवान उपत्यकामा भएको संघर्षमा कति सैन्य क्षति भयो भनेर सोधिएको थियो। सैन्यक्षति कति भयो भन्ने कुराको यकिन दिनु त परको कुरा उनले सैन्य क्षति भएको कुरा नै अस्विकार गरे।

‘मसँग दिनका लागि कुनै जानकारी छैन्’ भन्दै सैन्यक्षति भएको कुरा उनले अस्विकार गरेका थिए।

अर्काेदिन जुन २३ मा दोस्रो पटकको प्रश्नमा पनि जाहोले चीनकातर्फबाट भएको क्षतिका बारेमा कुनै जानकारी दिएनन्। यसबाहेक उनले भारतीय मिडियाहरुले ४० चिनियाँ सैनिकको मृत्यु भएको भन्ने समाचारहरु समेत गलत रहेको भनेका थिए।

जाहो त्यही अधिकारी थिए जसले जुन १९ मा गलवान उपत्यकामा भएको भिडन्त र त्यसलाई सुल्झाउन चीनको स्थितीकाबारेमा जानकारी दिएका थिए।

भिडन्तको एक हप्तापछि समेत चीनले आफ्नोतर्फ कुनैपनि सैन्यक्षति नभएको बताएको थियो । तर, भारतले भने आफ्ना २० शहिदहरुलाई अन्तिम श्रन्द्धान्जलिसमेत दिइसकेको थियो ।

चीनले किन बोर्डरमा आफ्ना सैनिकले दिएको योगदानको कदर नगरेको होला ? या देशको लागि ज्यानदिने सैनिकलाई श्रद्धान्जलिसमेत किन  दिँदैन होला ? भन्ने प्रश्नले चीन घेरिएको छ।

गलवान प्रकरणमा चिनियाँ सेनाको क्षतीको कुरा बाहिर आएमा चिनियाँ कम्युनिस्ट पार्टीको शासन नै खतरामा पर्नसक्ने डर यतिखेर चीन सरकारलाई परेको विश्लेषण हुन थालेको छ। विपक्षीभन्दा बढी सैन्य क्षति भएको कुराले देशभित्रै यति ठूलो हिंसा उत्पन्न गराउन सक्ने तथा कम्युनिस्ट शासन नै अन्त्य हुनसक्ने चिन्ता पनि चीनभित्र देखिएको छ। यसकारण पनि चीनले सैन्य क्षतिको कुरा लुकाउन खोजेको बताइएको छ ।

तर, पिपुल्स लिब्रेसन आर्मी (पीएलए)का दिग्गजहरु (रिटायर्ड)को मन मष्तिस्कमा भने यो डरले आक्रोश उत्पन्न गराएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले शहिदहरुप्रति यस समयमा दिएको उपहार यही हो भने, सन् १९७९ को सिनो–भिटेरियन वा कोरियन युद्धमा ज्यान गुमाउने शहिदहरुको दुर्दशा कस्तो थियो होला भन्ने आवाज पनि उठ्न थालेको छ ।

सीमानामा देशका लागि ज्यान गुमाउने शहिदहरुप्रतिको दायित्व चीनलाई याद गराउन वर्षाैंदेखि देशभर प्रदर्शनहरु हुँदै आएका छन् । तर, चिनियाँ कम्युनिस्ट लाज पचायरै प्रस्तुत भइरहेको छ।

चीनमा वर्षौंसम्म देशका लागि ज्यान नै दाउमा लगाइरहने सैनिकका लागि पेन्सन, स्वास्थ्य सुविधा र जागिरका अवसरहरुसमेत छैनन् । रिटायर्ड सैनिकको पेन्सनको व्यवस्थापनका लागि चीनमा कुनै केन्द्रिय निकाय समेत छैन् । उनीहरुलाई पेन्सन र सामान्य स्वास्थ्य उपचारका लागि समेत स्थानीय सरकारमा निर्भर पारिएको छ ।

छुट्टाछुट्टै आर्थिक स्थितीका कारण त्यहाँका स्थानीय सरकारहरुबीचको आर्थिक स्तरसमेत भिन्न छ । जसकारण सैनिकहरुको  पेन्सन पनि मनपरि किसिमले दिइन्छ अथवा कुनै निश्चित मापदण्ड तोकिएको छैन् ।

चीनको कम्युनिस्ट पार्टीले जवान सैनिकको पसिना र रगत सीमानामा बगाएपनि वृद्ध अवस्थामा किनारा लगाएर भ्रष्ट स्थानीय अधिकारीहरुको जिम्मा लगाइदिन्छ । यसले पीएलएका दिग्गजहरुको प्रतिष्ठासँगै देशप्रति सेवा गरेकोमा गौरव नभइ लघुताभास महशुस गराइदिएको छ।

यस्ता घटनाक्रमका कारण चीनमा देशभर रिटायर्ड पीएलएको प्रदर्शन बढ्दो छ । जसले कम्युनिस्ट सरकारका गतिविधिहरुलाई व्यवस्थित पार्न चेतावनी दिँदै आएको छ ।

पीएलएका दिग्गजहरुको प्रदर्शनले केन्द्रिय सरकारलाई सुधारात्मक बाटोमा जान सचेत गराउँदै आएको छ । यदि कम्युनिस्ट सरकार झनै अटेरी बन्ने हो भने यी प्रदर्शनहरुले देशव्यापी आन्दोलनको रुपमा खडा हुनेछ ।

सन् २०१८ को अप्रिलमा चीनले पहिलो पटक दिग्गज मामिला मन्त्रालयको उद्घाटन गरेको थियो । जसले सेवानिवृत अथवा रिटायर्ड सैनिकहरुको सुविधाका लागि केन्द्रिकृत प्रणाली र नीतिहरुको व्यवस्था गर्ने भनिएको थियो । तर यो कुरा कार्यान्वयनमा आउन सकेको छैन् । 

सन् २०१५ मा चिनियाँ राष्ट्रपति सि जिनपिङले सैन्य कोटा ३ लाखले कम गरिदिएर झनै रोजगारी घटाइदिए। त्यस्तै सन् २०१७ मा चीनको रक्षामन्त्रालयले सैन्यभर्तीको पूरानो निर्णयलाई फेरेको छ । यसले रिटायर्ड सैनिकका लागि कुनै अवसरहरु बचाएको छैन् ।

सेवानिवृत पीएलए दिग्गजहरुको सामुहिक प्रदर्शन हुनसक्ने र यसले देशमा ठूलो आन्दोलन ल्याउने डरले उनीहरुलाई अधिनमा राखिएको बताइएको छ । आफ्नो अधिकारकालागि आवाज उठाउने कयौं दिग्गजहरुलाई मृत्युदण्डको सजाय समेत दिइने गरेको बताइन्छ ।

यसरी, देशका लागि पसिना बगाएर अन्त्यमा आफुलाई साच्चै धिक्कार लाग्ने अवस्थामा आइपुगेका करोडौं दिग्गजहरुबाट चीनमा उग्र आन्दोलन हुनसक्ने ठानिएको छ । यदि त्यसो भयो भने, यसले सि जिनपिङको शासनलाई नै अन्त्य गर्न सक्ने सामथ्र्य राख्ने आँकलन समेत हुन थालेको छ।

यति मात्रै हैन्, सन् २०३५ मा आर्मीलाई नै मोर्डनाइज गर्ने र सन् २०५० सम्म उच्चस्तरीय सैन्य उत्पादन गर्ने सि जिनपिङको उद्देश्य समेत पूरा नहुन सक्छ ।

रिटायर्ड मात्रै हैन सेवामै रहेका पीएलएसमेत कम्युनिस्ट सरकारको शासनप्रति रुष्ट देखिएका छन् । कम्युनिस्ट पार्टीमा पीएलएको ज्यादा पहुँच चल्ने हुँदा रिटायर्ड र सेवामै रहेकाहरु आन्दोलनमा उत्रिन बाध्य भएभने यसले चीनको कम्युनिस्ट शासनको अन्त्य गर्नसक्ने आँकलन पनि हुन थालेको छ ।

यसको सम्भावना किन पनि छ भने चीनको कम्युनिस्ट पार्टीको नेतृत्वकर्ताले पीएलएका दिग्गजहरुको सामुहिक द्धन्द्धलाई रोक्न सक्ने सम्भावना नै हुनेछैन् ।
यसकारण पीएलका दिग्गजहरुको लगातारको प्रदर्शनले चीनमा नेतृत्वकर्ता र कम्युनिस्ट पार्टीका लागि चरम तनाब सिर्जना गरेको छ । वाशिङ्गटन टाइम्सबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ