arrow

८७ जापानी कम्पनी चीनबाट बाहिरिदै

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ७ बुधबार
japan-china.jpg

काठमाडौं। ८७ जापानी कम्पनीहरु चीनबाट बाहिरिन लागेका छन्। त्यसका लागि ती कम्पनीहरुले जापानको उद्योगमन्त्रालयसँग सम्पर्क गरेका छन्। ८७ कम्पनीहरुले चीनबाट आफ्नो कारखाना बाहिर सार्नका लागि हस्ताक्षर गरेका छन्। तीमध्ये ५७ कम्पनीहरु जापानमै फिर्ता भइरहेका छन् भने बाँकी ३० कम्पनीहरु  एशिया प्रशान्त मूलुक (भियतनाम, थाइल्याण्ड, मलेसिया) तिर सर्ने भएका छन्।

हार्डड्राइभका पूर्जा बनाउँने जापानी कम्पनी होया भियतनाममा आफ्नो कारखाना सार्ने भएको छ। त्यस्तै सुमितोमो रबर कम्पनी मलेसिया सर्ने भएको छ।  सिन स्तु केमिकल कम्पनी पनि चीनबाट भियतनाम सर्ने भएको छ।

जापानका प्रधानमन्त्री सिन्जो अबेले ती कम्पनीहरुलाई ६५ करोड अमेरिकी डलर भन्दा बढी सहयोग गर्ने बताएका छन्। चीनबाट अन्य देशमा कारखाना सार्नका लागि कम्पनीहरुलाई जापान सरकारले  सहयोग गर्ने भएको हो।

जापानले केहि सयम अघि आफ्ना अर्थनिष्कासनको २० प्रतिशत अर्थात ९ खर्ब डलर कोरोना भाइरसविरुद्ध लड्नका लागि छु्ट्याएको थियो। जापान विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो।

जापानले २.२ अर्ब अमेरिकी डलर चीनबाट बाहिर सर्ने कम्पनीहरुका लागि छुट्याएको छ। त्यस्तै २ अर्ब अमेरिकी डलर जापानी उत्पादनलाई जापान फिर्ता गर्नका लागि छुट्याएको छ भने २३ अर्ब डलर जापानबाट सामाग्री निर्यात गर्नका लागि छुट्याएको छ। महामारीका कारण चिनियाँ अर्थतन्त्रमा पर्ने संकटबाट उम्कन जापानले कठोर कदम चालेको हो।

चीन र जापानको सम्बन्ध पहिलै देखि चिसो रहेको छ। यद्यपि आफ्नो व्यापारका र व्यवसाय बढाउन एवं विस्तारका लागि दुवै देशहरुले शत्रुवत व्यवहारलाई टार्दै आएका छन्। पछिल्लो समय चीन जापानको ठूलो व्यापारीक साझेदार हो। सन् २०१७ मा जापानले चीनबाट १ सय ७३ बिलियन डलर बराबरको आयात गरेको थियो जुन कुल आयातको २३ प्रतिशत रहेको थियो। त्यस्तै जापानले १ सय ४४ बिलियन डलर निर्यात गरेको थियो जुन कुल निर्यातको १९ प्रतिशत हो।

सन् २०१२ मा चिनियाँ शहरमा जापान विरोधि प्रदर्शन सुरु भएयता जापनले चीनबाट आफ्नो आयात श्रृखलालाई हटाउन खोज्दै आएको छ। अहिले कोरोना भाइरसको माहामारी त्यसको लागि महत्वपूर्ण अवसर बन्न पुगेको हो।

पछिल्ला ४ महिनामा जापानले चीनसँगको सम्बन्धलाई चिस्याउँदै त्यहाँबाट आफ्ना कम्पनीहरुलाई फिर्ता बोलाउन र अन्य छिमेकी मित्रवत देशमा पठाउँन सफल भएको छ।

गत अप्रिलमा राष्ट्रपति सी जिन्पिङ जापानको ‌औपचारीक भेटका लागि जाने कार्यक्रम रहेको थियो। त्यस अवस्थामा जापानसँग व्यापारिक देखि सैन्य एवं सीमाविवदाका विषयमा कुरा गर्नै कार्यक्रम रहेको थियो। तर सी जिन्पिङ कदम जापान पुग्न नपाउँदै कोरोना भाइरसको माहामारी सुरु भएको थियो।

फेरि स्थिती सामान्य हुन लागि रहेका बेला कम्युनिस्ट सरकारका नेतृत्वकर्ता जापान जान खोजे पनि प्रधानमन्त्री अबे भने स्वागत गर्न तत्पर रहेको देखिँदैनन्। चीनमा जापानविरोधी आन्दोलन हुनुको कारण सेन्काकु आइसल्याण्ड प्रमुख मुद्धा रहेको थियो। जुन टापु जापान सरकारले जापानकै एक व्याक्तिबाट किनेको थियो। तर चीले त्यसमा विवाद उत्पन्न गरेको थियो।

जापान सरकार अहिलेको अवस्थामा दुई देशका नेतृत्वकर्ताहरुबीच भेट हुन नसक्ने बताएको छ। जुन चीनसँगको सम्बन्धलाई चिसो पार्न सफल हुने जापान सरकरको रणनीति हो। कोरोना भाइरसको महामारीले चीन केन्द्रित ग्लोबलाइजेसनलाई नै विस्थापित गरिदिन लागेको छ। जापान सरकारले त्यहाँबाट आफ्ना ठूला कम्पनीहरुलाई नै  सारिदिन लागेको छ। यसले चीनको अर्थतन्त्रमा ठूलो धक्का लाग्नेछ।

पछिल्ला दशकहरुमा चीन आफ्नो उत्पादन क्षमताका कारण विश्व बजारमा चम्धिकएको छ। तर अहिले त्यहाँ श्रम महँगो भएको छ। उत्पादन कम्पनीहरु त्यहाँबाट बाहिरिन खोजिरहेका छन्।

चिनमा श्रम महँगो भएसँग उत्पादक कम्पनीहरु सस्तो श्रम पाइने भियतनाम भारत जस्ता देशमा सर्न खोजिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ