arrow

वेइजिङले यसरी गर्दैछ ‘साउथ चाइना सी’मा विश्वव्यापी दृष्टी बदल्ने प्रयास

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन ११ आइतबार
south-china-sea1.jpg

काठमाडौं। चीनले आफ्नो दाबी गरि आएको ‘साउथ चाइना सी’माथिको विश्वव्यापी नजरलाई नै फेर्न खोजिरहेको वासिंगटनस्थित एक थिङक ट्यांकले जनाएको छ। भियतनामको डिप्लोमेटिक एकेडेमीको पूर्वी समुद्री इन्स्टिच्युटका अनुसन्धानकर्ता न्युग्येन थ्यु अनले साउथ चाइना सीमा चीनको दाबी एक विशाल गलत प्रतिनिधित्व भएको बताएका छन्।

कुनै आधिकारीक प्रमाण एवं कानुनी आधार बीना नै चीनले मनमानी रुपमा साउथ चाइना सीको दाबी गरेको उनले बताएका छन्। चीनको दाबीलाई भियतनाम, इन्डोनेशिया, फिलिपिन्स र अमेरिकाले स्पष्ट रुपमा विरोध गर्दै आएका छन्। यसबाहेक थुप्रै अन्तराष्ट्रिय मामिलाका विज्ञहरुले समेत चिनियाँ दाबीको आलोचना गर्दै आएका छन्।
चीनको यो दाबीलाई आब्रिट्रेसन अवार्ड २०१६ ले समेत विरोध गरेको थियो । तर,  चीनले आब्रिट्रेसनको आदेशलाई समेत वेवास्ता गर्दै आफ्नो दाबीलाई निरन्तरता दिएको छ। यसबाहेक चीनले साउथ चाइना सी आफ्नो भुभाग रहेको कुरालाई चिनियाँ जनमानसमा समेत लोकप्रिय बनाउँदै आएको छ।

चिनियाँ नागरिक एवं अन्य विश्वभरका मानिसहरुलाई साउथ चाइना सी चिनियाँ भुक्षेत्र नै हो भन्ने विश्वास गराउनका लागि चीनले विभिन्न किसिमका रणनीतिहरु अपनाउने गरेको छ। पछिल्लो समय चीनले पासवर्ड, विश्वको नक्सा, किताब, अनलाईन गेम, लुगा, पर्यटकिय पुस्तक, टिभी सोलगायतमा चीनले साउथ चाइना सीलाई समेट्दै आएको छ।

सन् २०१९ मा सार्वजनिक भएको ‘एबोमिनेबल’ नामक एनिमेटेड फिल्ममा पनि साउथ चाइना सीलाई देखाएको थियो। चीनमा आधारित पेरल स्टुडियो र अमेरिकी ड्रिमवर्क एनिमेसनले उक्त चलचित्र निमार्ण गरेको थियो। सन् २००९ अघि साउथ चाइना सीका विषयमा थोरै र वैज्ञानिक आधारका लेखहरु मात्रै प्रकाशित थिए । तर, सन् २०१० देखि साउथ चाइना सीका विषयमा थुप्रै र लगातार लेखहरु एव्ं समाचारहरु प्रकाशित हुँदै आएका छन्।

सन् २०२० मा पनि जलवायु परिवर्तन, हाइड्रोग्राफी, पूरातत्व, एग्रिक्लचर, बायो इनर्जी, वातावरणीय फोहर व्यवस्थापन र जनस्वास्थ्यका रिपोर्टहरुमा साउथ चाइना सीलाई मुख्यरुपमा प्रमोट गरिएको छ। वैज्ञानिक आधारित लेखहरु प्रकाशित हुनु स्वभाविक हो। तर, साउथ चाइना सीका विषयमा प्रकाशित भएका बढी संख्याका लेखहरु चिनियाँ विज्ञहरुबाट नै लेखिएका छन्।

यसबाहेक पनि चीन सरकारकै लगानीमा विभिन्न प्राजेक्टहरु सञ्चालन गरेर त्यसै प्रोजेक्टमा आधारित लेखहरु प्रकाशित हुँदै आएका छन्। ती लेखहरुमा साउथ चाइना सीको विषयलाई उठान गर्नुपर्ने कुनै आवश्यक्ता नदेखिए पनि त्यस्तो गरिएको पाइएको छ। एक चिनियाँ लेखिकाले साउथ चाइना सीको विषयलाई उतार्नु चीन सरकारको आवश्यकताको विषय बनेको बताएकी छन्।

चीनले कयौं शैक्षिक संस्थान, प्रकाशक, थिंकट्यांकहरुलाई आर्थिक प्रलोभन देखाएर साउथ चाइना सीको विषयलाई प्रमोट गराउन लगाएको समेत देखिन्छ। यति मात्रै नभएर साउथा चाइना सीको विपक्षमा लेखिएका लेखहरुलाई चीनले वेभसाइटहरुबाट हटाउन लगाउने गरेको समेत पाइएको छ।

यसरी चीनले आफ्नो दाबीलाई बढावा दिँदै विभिन्न जर्नलमा लेखहरु प्रकाशित गर्दा मुद्दाको विषयमा वास्तविकता थाहा नभएका विद्यार्थी, अनुसन्धानकर्ता एवं पाठकमा गलत धारणा उत्पन्न हुने देखिएको छ। साउथ चाइना सीलाई हेर्ने दृष्टिकोणलाई नै चीनले यसरी परिवर्तन गर्न खाजिरहेको हो।

बेइजिङका नीतिनिर्माताहरुले साउथ चाइना सीको विषयमा आफूले चाहे अनुसारका लेखहरु प्रकाशित गर्दा यसले विश्वव्यापी रुपमै मानिसहरुको धारणामा परिवर्तन गराइदिने जोडदार प्रयास गरिरहेको छ। यसरी त्यहाँ चीनले आफ्नो दाबीलाई झनै पेचिलो बनाउने देखिएको छ। चीनले दक्षिण समुन्द्री क्षेत्रमा आफ्नो सीमाना हालेर आफ्नो दाबी गर्दैगर्दा त्यहाँ सैन्य गतीविधिहरु समेत गर्दै आएको छ।

कृत्रिम आइल्याण्ड बनाएर चीनले ठूलो समुद्री भुभाग नै कब्जा गरिदिएको छ। प्रशान्त माहासागरको झण्डै ३५ लाख वर्ग किलोमिटर भुभाग चीनले आफ्नो भन्दै आएको हो। तर, चीनको यो दाबीको विश्वव्यापी निन्दा एवं आलोचना हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ