arrow

अमेरिका, भारत, जापान र अष्ट्रेलियाले चिनियाँ बजार त्याग्दै, सकिएकै हो त ‘मेड इन चाइना’ को भविष्य ?

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १२ सोमबार
quad-group.jpg

काठमाडौं। विश्व फोसिल फ्यूलबाट टाढिँदै गएको अवस्थामा अब भविष्यका सबै सवारी साधनहरु नविकरणीय उर्जाबाट सञ्चालित हुने निश्चित छ। जलवायु परिवर्तन, वातावरणिय प्रदुषण लगायतका संकटहरुले निकट भविष्यमा यातायात क्षेत्रलाई पूर्णरुपमा विद्युतिय उर्जामा निर्भर बनाउँदै छ। विद्युतिय गाडीमा लिथियम आयोनको ब्याट्रीहरु प्रयोग हुन्छन्, जसको एकाधिकारमा अहिलेसम्म चीन रमाउँदै आएको छ। चीनले विश्वमै सबैभन्दा बढी लिथियम आयोन ब्याट्रीहरु उत्पादन गर्दै आएको छ।

यद्यपी अब चीनको एकाधिकार लामो समयसम्म टिक्ने सम्भावना सकिदै जान लागेको छ। अमेरिका, भारत, जापान र अष्ट्रेलियाले अब लिथियम आयोन ब्याट्रीका लागि चीनमाथिको निर्भरतालाई कटौती गर्न थालेका छन्। त्यसका लागि चारवटै लोकतान्त्रिक मूलुकहरुले एक्लाएक्लै र संयुक्तरुपमा मिलेर काम गर्न थालेका छन्।

जापानको बहुराष्ट्रिय कम्पनी सोनीले सन् १९९० मा पहिलो पटक लिथियम आयोन ब्याट्रीको व्यावसायिक उत्पादन थालेको थियो। लामो समयसम्म टिकाउ हुने, धेरैपछि चार्ज गर्नुपर्ने र थोरै तौलका कारण लिथियम आयोन ब्याट्रीहरु मोबाइल, ल्यापटप एवं मुख्यरुपमा विद्युतिय गाडीमा प्रयोग हुन्छन्। हाल लिथियम आयोन ब्याट्रीको मूल्य निकै महंगो छ। उदाहरणका लागि विद्युतिय गाडी निर्माता कम्पनी टेस्लाको मोडल थ्री (जस्को मूल्य ३५ हजार अमेरिकी डलर छ) को एकतिहाई खर्च ब्याट्रीमै भएको छ।

लिथियम आयोन ब्याट्रीको मूल्य घटेमा मात्रै विद्युतिय गाडीहरुको प्रयोग बढ्नेछ। यो ब्याट्रीको लागि विश्व चीनमाथि नै निर्भर हुने हो भने चीनको हातमा विश्वको यातायात क्षेत्र पर्न जानेछ। तर, आउँदो दशकभित्रमा लिथियम आयोन ब्याट्रीको मूल्य निकै घट्ने बताइन्छ। हाल प्रतिघण्टा एक किलोवाट उर्जा दिनसक्ने क्षमताको ब्याट्रीको मूल्य १ सय ७६ अमेरिकी डलर रहेको छ। अबको दशकमा यो मूल्य एक सय डलरभन्दा पनि कम हुने अनुमान गरिएको छ।

विद्युतिय गाडीको लागि अत्यावश्यक लिथियम आयोन ब्याट्रीको एकाधिकार चीनलाई दिएर भविष्यको यातायातमा हावी हुन दिने पक्षमा यी चार इन्डो प्यासिफिक मूलुकहरु छैनन्। हाल चीनले विश्वमै प्रयोग हुने लिथियम आयोन ब्याट्रीको दुई तिहाई उत्पादन गर्दै आएको छ। त्यस्तै लिथियम आयोन ब्याट्रीको एनोड (धनात्मक चार्ज क्षेत्र) बनाउनका लागि प्रयोग हुने अत्यावश्यक कच्चा पदार्थ ग्रेफाइट समेत चीनले नै सबैभन्दा बढी उत्पादन गर्छ।

चीनमा अहिले लिथियम पर्याप्त मात्रामा छ। तरपनि चीनले ब्याट्री बनाउन आवश्यक कच्चा पदार्थको विश्वव्यापी उत्पादनको ८० प्रतिशत आयात गरिरहेको छ, जुन उस्ले भविष्यकै लागि सञ्चित गरिरहेको प्रष्ट देखिन्छ। अबको १० देखि १५ वर्षभित्रमा लिथियम नै विश्वको ‘ह्वाइट पेट्रोल’ हुने कुरालाई थाहा पाएर ठूलो मात्रामा लिथियमलाई सञ्चित गरिरहेको छ।

भारतले सन् २०१८ मै लिथियम आयोन ब्याट्रीका लागि चीनमाथिको निर्भरता हटाउने घोषणा गरेको थियो। त्यसका लागि भारतले उल्लेख्य कदम पनि चालिसकेको छ। यद्यपी लिथियम आयोन ब्याट्रीका लागि चाहिने ५ किसिमका कच्चा पदार्थमध्ये २ वटा भारतमा नपाइने हुँदा भारत ब्याट्री उत्पादनमा पछि परेको छ। लिथियम, कोबाल्ट, निकेल, म्यांगानिज र प्राकृतिक ग्रेफाइटमध्ये भारतमा लिथियम र कोबाल्टको अभाव छ।

भारतले लिथियमको अभाव पूर्तीका लागि पनि कदम चालेको छ। लिथियम ट्रेंगल भनेर चिनिने दक्षिण अमेरिकी मूलुक चिली, बोलिभिया र अर्जेन्टिनासँग भारतले लिथियम आयातका लागि कुरा अघि सारेको छ। यसबाहेक भारतले थुप्रै लिथियम आयोन ब्याट्री उत्पादन प्लान्ट जडान समेत थालको छ। बोलिभिया सरकारसँग लिथियमको औद्योगिक विकासका लागि भारतले एमओयु सम्झौता पनि गरिसकेको छ।

भारतले लिथियम आयोन ब्याट्री उत्पादनका लागि जापानको सुजिकी मोटर कर्पाेरेसनको जोइन्ट भेन्चर तोसिबा र डेन्सोसँग संयुक्त रुपमा गुजरातमा ब्याट्री उत्पादन प्लान्ट निमार्णका लागि सम्झौता गरिसकेको छ। त्यस्तै अष्ट्रेलियाको नियोमेटल्स र भारतको मणीकरण पावरले पनि भारतमा लिथियम रिफाइनेरी निर्माणको घोषणा गरेका छन्। अष्ट्रेलियाको सहकार्य भारतका लागि सहज बन्ने देखिन्छ। अष्ट्रेलिया लिथियम उत्पादन एवं भण्डारको ठूलो क्षेत्र हो।

यसबाहेक जापान र अष्ट्रेलियाले पनि लिथियम आयोन ब्याट्री उत्पादनका लागि सहकार्य थालेका छन्। जापानको रासायनिक उत्पादक पियोट्र्याक र अष्ट्रेलियाको वैज्ञानिक औद्योगिक अनुसन्धान संस्थाले संयुक्त रुपमा आउँदो ५ वर्षमा अष्ट्रेलियामा लिथियम आयोन ब्याट्री उत्पादन गर्ने भएका छन्। त्यस्तै अमेरिकाले पनि विभिन्न बहुराष्ट्रिय कम्पनीहरुसँग लिथियम आयोन ब्याट्री उत्पादनका लागि सम्झौता थालेको छ। अमेरिकाले विश्वको १७ प्रतिशत लिथियम आयोन ब्याट्रीको खपत गर्छ भने २ प्रतिशत मात्रै उत्पादन गर्नेगर्छ।

अहिले विश्वकै ठूलो विद्युतिय गाडी उत्पादक टेस्ला अमेरिकामै रहेको छ। त्यसकारण पनि अमेरिका लिथियम आयोन ब्याट्रीको उत्पादनका लागि बढी इच्छुक देखिएको छ। यदि भविष्यमा विद्युतिय गाडीहरु विश्व बजारमा हावी हुनेछन् भने त्यस्को मुख्य नेतृत्वकर्ता टेस्ला हुनेछ। यसकारण पनि अत्यावश्यक लिथियम आयोन ब्याट्री उत्पादन अमेरिकाको ठूलो इच्छाको विषय हो।

चीन पछि अमेरिका र जापान लिथियम सप्लाईका ठूला केन्द्रका रुपमा स्थापित भइरहेका छन्। विश्वकै ठूलो लिथियमको उत्पादनकर्ताका रुपमा रहेको चीनले विद्युतिय सवारीको विश्वबजारमा हावी हुनसक्ने सम्भावनालाई अमेरिका, भारत, जापान र अष्ट्रेलियाले अब सम्भावनामा मात्रै सिमित राख्ने उनीहरुको रणनीतिले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ