३० खर्ब डलरको खनिज सम्पत्ती रहेको अफगानिस्तानको भविष्य...

एजेन्सी, प्रकाशित मिति : २०७७ श्रावण १७ शनिबार
तस्बिर : टिफीपोस्टबाट

काठमाडौं। अफगानिस्तानको नाम सुन्नेबितिकै दिमागमा आउँने परिचय हो एक भुपरिवेष्ठित र तालिबान आतंकवादले ओगटेको देश। दुर्भाग्यवस अफगानिस्तानका नागरिकहरु जिउँनका लागि विदेशी सहयोगमा निर्भर रहेको छन्। तर अफगानिस्तानसँग रहेको प्राकृतिक बरदानका बारेमा थोरैलाई थाहा हुन सक्छ। अफगानिस्तानसँग पृथ्वीकै बहुमूल्य खनिज लिथियम र सुनको खर्बौंको भण्डार रहेको छ।

कपर, लिथियम, मार्बल, युरेनियम र अन्य खनिजहरुको धनी अफगानिस्तानसँग ३० खर्ब डलरभन्दा बढीको खनिज सम्पत्ती रहेको छ। तर, यसैदेशले प्रत्येक वर्ष खानीबाट ३० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउँने गर्छ।

सन् २००७ मा अमेरिकी भुवैज्ञानिक सर्वेक्षणले अफगानिस्तानमा १० खर्ब डलरभन्दा बढीको खनिज सम्पती रहेको निश्कर्ष निकालेको थियो। युद्धग्रस्त अफगानिस्तानमा पहिला थाहा भएभन्दा बढी खनिज पाइयो। भौतिक सम्पतीका आधारमा अफगानिस्तानले पूरै अर्थतन्त्रलाई नै परिवर्तन गर्नसक्ने हैसियत राख्छ।

आधुनिक विश्वका औद्योगिक क्षेत्र, विद्युतिय गाडी एवं सैन्य हतियार निमार्णमा प्रयोग हुने खनिज पदार्थको ठूलो भण्डार अफगानिस्तानमा छ। पेन्टागनको एक आन्तरिक मेमोले अफगानिस्तानलाई लिथियमको साउदी अरेबिया बन्न सक्ने भनेको छ। अर्थात साउदी अरेबिया तेलको संग्राम हो। 

ह्वाइट पेट्रोलियम भनेर चिनिने लिथियम आयोन ब्याट्रि बनाउँनका लागि सबैभन्दा अत्यावश्यक तत्व हो। यसैको ठूलो भण्डार अफगानिस्तानमा छ। अहिले विश्वमा प्रयोग हुने विद्युतिय हरेक समान जस्तै मोबाइल, ल्यापटप एवं विद्युतिय सवारी साधनमा समेत प्रयोग हुने ब्याट्रिहरु सबै लिथियम आयोनबाटै बन्छन्।

सन् २०१७ मा अफगानिस्तानको खानी एवं पेट्रोलियम मन्त्रालयले गरेको अध्ययनले अफगानिस्तानमा ३० खर्ब अमेरिकी डलर भन्दा बढीको खनिज पदार्थ रहेको निश्कर्ष निकालेको थियो।

अफगानिस्तानसँग रहेको खनिज करिव भारतको कुल गृाह्स्थ उत्पादन बराबर हो। अफगानिस्तानसँग हाइपरसोनिक हतियार बनाउँन प्रयोग हुने, लिथियम अयोन ब्याट्रि उत्पादनका लागि आवश्यक लिथियम देखि स्याटेलाइट बनाउँन आवश्यक पर्ने किसिमका खनिज पदार्थहरु रहेका छन्।

काबुल अहिले कस्तुरीले गन्ध खोजे झैं भौतारिएको छ। उसलाई आफैसँग रहेको अर्बौंको सम्पतीबारे थाहा छैन। थाहा भएपनि काबुलले यसको प्रयोग गर्ने देखिँदैन्। अहिले पनि तालिबानको हस्तक्षेपमा रहेको यो मूलुकमा प्रजातान्त्रिक शासनको अभाव छ, जुन व्यवस्थाले त्यहाँको अर्थतन्त्रलाई नै कायापलट गरिदिन सक्छ।

विसाल क्षमताका बावजुद पनि अफगानिस्तानको जीडीपीमा खनिजले सात देखि १० प्रतिशतमात्रै योगदान पुर्‍याउछ। अफगानिस्तानले अहिले देशबाट भ्रष्टाहरुलाई हटाएर त्यहाँ खानीहरुलाई आर्थिक उद्धारका लागि प्रयोग गर्न विदेशी लगानी जुटाउनु आवश्यक देखिन्छ। अफ्गानिस्तान सुनको खानीका रुपमा पनि चिनिन्छ। यसले आफ्नो मात्रै हैन विश्वकै भविष्य परिवर्तन गरिदिन सक्ने हैशियत राख्छ।

वर्तमान र भविष्यकालागि अत्यावश्यक बन्दै गइरहेका धातुहरुको लागि अफ्गानिस्तान एक नयाँ उदय हुनसक्छ। अवको अफ्गानिस्तानले यदि लोकतान्त्रिक मूलुकको सहयोग लिएर आफु्भित्रको हिरालाई बाहिर निकाल्ने हो भने यसले निकट भविष्यमै आफ्नो भाग्य परिवर्तन गर्न सक्छ। अफगानिस्तानले लोकतान्त्रिक शासनको स्थापना गरेर आफ्नो नयाँ दिनको सुरुवात गर्न सक्ने छ।

त्सबाहेक अफगानिस्तानले हिंसाको बाटो छोड्दैन, युद्धका लहराहरु बढाउँदै लैजान्छ र देशलाई अर्को चरम उत्पिडनको बाटोमा लैजान्छ भने अफगानिस्तानको शोषण गर्नेहरुको कमी हुनेछैन्।

चीनले यसअघि नै अफगानिस्तानमाथि आँखा गाडी सकेको छ। उनले अफगानिस्तानसम्म पञ्जा फैलाउनका लागि बेल्ट र रोड परियोजना अघि सारिसकेको छ।
अमेरिका, बेलायत र भारत जस्ता लोकतान्त्रिकमूलुकहरु सँगै मिलेर अफगानिस्तानलाई शोषणकारी सवारीमा चढ्न दिनुभन्दा लोकतान्त्रिक मार्गमा डोर्याउनु अत्यावश्यक देखिन्छ।

समृद्ध अफगानिस्तानको भविष्यका लागि उनले आफ्नो ३० खर्ब डलरको सदुपयोग कसरी गर्छ भन्ने कुरा त्यहाँका नागरिकहरुमा भर पर्नेछ।

नयाँ