arrow

जम्मु कश्मिरमा ८ महिना लाग्ने तरकारी खेती अब २ महिनामै, व्यवसायिक खेतीलाई वढावा दिन नयाँ प्रणाली

logo
एएनआई,
प्रकाशित २०७७ साउन १८ आइतबार
poly-house.jpg

काठमाडौं। भारतको जम्मु कश्मिर सरकाररले श्रीनगरमा तरकारी खेतीलाई वढावा दिन नयाँ हाइटेक पोली हाउसहरु निर्माण गरेको छ । केन्द्र सरकारको अनुदानमा यस्ता पोली हाउसहरु निर्माण भइरहेका छन् । करिब १० लाख लागतमा बनाइएका यस्ता पोली हाउसहरु जम्मु कश्मिरलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत शुरु भएको हो ।  

जम्मु कश्मिर केन्द्र शासित भएयता केन्द्रले यस्ता विभिन्न कार्यक्रमहरु ल्याएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । यो कार्यक्रम पनि केन्द्र सरकारको प्रायोजनमा संचालन भइरहेको कृषी विकास योजना अन्तर्गत भएको बताइएको छ । एएनआईका अनुसार पोली हाउसहरुमा आद्रता नियन्त्रण, तापमान नियन्त्रण लगायतका हिउँदको अत्याधिक जाडोका दिनहरुका लागि तापक्रम बढाउने सुविधाहरु रहेका छन् । 
मोडल किचन गार्डेन तथा नर्सरीका एक सहयोगी जहुर अहमदले पोली हाउसले जम्मु कश्मिरका कृषीमा ठूलो आकर्षण पैदा गर्ने सम्भावना रहेको बताए । ‘पहिलाका पोली हाउसहरुले १२ देखि १४ सय वर्ग फीटको क्षेत्रफल ओगट्ने भएपनि नयाँ प्रणालीले २ हजार वर्ग फीट र त्यो भन्दा बढी क्षेत्रफल ओगट्छ,’ उनले भने,’ यस प्रणालीले हामीलाई राम्रो गुण भएको धेरै उत्पादन दिन सक्छ । तरकारी उत्पादनका लागि प्राकृतिक प्रक्रियामा भर पर्नु परेन । वेमौसमी तरकारी उत्पादन पनि गर्न सकिने भएपछि यसले प्रतिफल राम्रो दिने देखिएको छ। कृषीलाई व्यवसायिक बनाउन यो अभियानले मद्धत गर्छ ।'      

नयाँ सुविधा लिएर तरकारी खेती शुरु गरेका अर्का किसान गुलाम दिन पुरानो प्रणाली भन्दा नयाँ प्रणाली जम्मु कश्मिरका जनताका लागि धेरै फाइदाजनक हुने बताउँछन् । उनी भन्छन, ‘जम्मु कश्मिरमा धेरै मानिसहरु आफ्नो जिविकोपार्जनका लागि तरकारी खेतीमा निर्भर छन् । उनीहरुलाई थप व्यवसायीक बनाउन नयाँ पोली हाउसले सहयोग पुर्‍याउँछ । तरकारी रोपेपछि उत्पादन पाउन ८ महिना लाग्दै आएकोमा अब दुई महिनामै हुने भएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ