arrow

पूर्व उपाध्यक्ष क्षेत्री भन्छन् : सरकारको 'हेलिकप्टर लक्ष्य' पूरा हुन कठिन

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
bishnu-poudel-sejon.jpg.jpeg
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संविधान, संघियता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि औपचारिक रुपमा सुझाव आएको भन्दै जायज र सम्भव भएका सुझावहरूलाई बजेटमा समेट्ने कोशिष गरिने पनि प्रतिवद्धता जाहेर गरेका छन्।
 
मंगलबार राजधानीमा आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा रोजगारी सृजना, आर्थिक बृद्धि, कृषी, उर्जा क्षेत्रमा बजेट केन्द्रित गर्न सुझाव आएको भन्दै अर्थमन्त्री पौडेलले उपयुक्त र मूल्यवान सुझावलाई बजेटले समेट्ने आश्वासन समेत दिए।
 
उक्त छलफल कार्यक्रममा बोल्दै योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले सांसद्लाई खुशी बनाउने नाममा जथाभावी बजेट नबाँड्न सरकारलाई सचेत गराए। उनले सरकारले बजेट पास गराउने नाममा सांसद्हरूलाई बजेट बाँड्नसक्ने भन्दै त्यसो गर्नुभन्दा बरू थलिएको आर्थिक बृद्धि हाँसिल गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए।
 
उनले ०.७७ प्रतिशतको लक्ष्यलाई एकै वर्षमा अनुदानको जगमा ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिदर हाँसिल गर्ने लक्ष्य लिनु त्यो अत्यन्तै कठिन रहेको पनि दाबी गरे। ‘हुनतः अफगानिस्तानको बृद्धिदर एकैपटक २७ प्रतिशत भएको थियो।’ उनले भने ‘शुन्य तहबाट उकालो लाग्नको लागि असहज त छैन तर सामान्य मिहिनेतले यो सम्भव पनि छैन।’ उनले जलस्रोत तथा सिंचाईसँग समन्वय र कृषिमा प्रतिस्पर्धी बनाएर उत्पादन बृद्धिमा लाग्न नसकेसम्म केही उपलब्धी हाँसिल हुन नसक्ने उनको दाबी थियो। 
 
कार्यक्रममा अर्थविद् प्रा.डा. विश्वाम्भर प्याकुर्‍यालले कृषी क्षेत्रको विकास नभएसम्म अरु केहि हुनै नसक्ने भन्दै ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न कृषी क्षेत्रमा कुल बजेटको १० प्रतिशत कृषी क्षेत्रका लागि विनियोजन गर्नुपर्न सुझाव दिए। हालको स्थितीमा आर्थिक संकटबाट मुक्त हुन नसक्ने भन्दै उनले बजेट कार्यान्वयनमा लागि संरचनात्मक परिमार्जन आवश्यक रहेको बताए। उनले सरकार, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकबीच अन्तरसम्बन्धमा पनि जोड दिन आग्रह गरे।
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले उद्यदोगको विकास गर्ने इच्छा राखेको छ भने सबैभन्दा पहिले जग्गाको हदबन्धी र उर्जा समस्या समाधान गर्नुपर्नेमा जोड दिए। उर्जाका लागि सरकारले भनेको समयसम्म कुर्न व्यसायीहरू तयार रहेको तर भनिएको समयमा विद्युत पाउनुपर्ने उनको माग थियो। उनले आगामी बजेटमा छुट र सुविधा नमागेको भन्दै गैरभन्सार अवरोध हटाउन आग्रह गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ