arrow

चिनियाँ सैन्य रणनीतिको प्रमुख एजेण्डा “छलछाम”को यर्थाथ रहस्य

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
hongkong-china-army.jpg

काठमाडौं। चिनियाँ सैन्य क्षेत्रमा मुख्य रणनीतिका रुपमा प्रयोग हुने अस्त्र नै छलछाम अर्थात डिसेप्सन हो। सैन्य प्रमुखहरुले नै डिसेप्सनलाई एक परम्पराका रुपमा अघि सार्दै आएका छन्। पिपुल्स लिब्रेसन आर्मीहरुले लिने गरेको ट्रेनिंगमध्ये छलछाम सबैभन्दा खतरनाक अस्त्रका रुपमा लिइदै आएको छ। पीएलएबाट यो कुरा बाहिर नआए पनि विभिन्न किसिमका अध्ययनहरुले चिनियाँ सैन्य घेराभित्र कसरी छलछाम गरेर द्वन्द गर्ने भन्ने रणनीतिका केही अंशहरु बाहिर ल्याएका छन्।

पीएलएकातर्फबाट अन्य कुराहरु बाहिरीए पनि डिसेप्सन भने पूर्णरुपमा लुकाइएको हुन्छ। यद्यपी चिनियाँ मिडिया र केही जासुसी अध्ययनले त्यो कुरालाई पनि बाहिर्याएको छ। अहिले पनि चिनियाँ सैनिकहरुले मूख्यरुपमा प्रयोग गर्ने अस्त्र डिसेप्सन नै हो।

नक्कली हतियार
रणभुमीमा पीएलएको एक महत्वपूर्ण रणनीति भनेको नक्कली हतियार (डिकोज)को प्रयोग गर्नु हो । अमेरिकी सैनिकले यसलाई “ रणभुमीमा शत्रुको निगरानीलाई धोका दिने वा शत्रुलाई भ्रमित पार्ने हतियार (मिलिट्री डम्मी)” भनेर परिभाषित गर्छ । चिनियाँ सेनाहरुले विपक्षी सेनामाथि नक्कली आक्रमण गर्ने उदाहरणहरु थुप्रै छन् र अझैं पनि उनीहरुले यसलाई निरन्तरता दिएका छन् । चीनले युद्धका बेला शत्रुलाई आफ्नो निश्चित लडाकु संख्या,  हतियारको किसिम र परिणाम जस्ता कुराहरुमा झुक्याउने रणनीति अघि सार्छ । यो रणनीतिमा शत्रुमाथि सहजरुपमै झुक्याएर कडाभन्दा कडा आक्रमण गर्ने सामर्थ्य हुन्छ ।

यो रणनीति अनुसार, कुनै एक ठाँउमा आक्रमण गर्ने समय, तरिका र हतियार घोषणा गरिन्छ, तर खासमा अर्कै ठाँउमा आक्रमण गरिन्छ । चिनियाँ सैनिकको प्रमुख एक रणनीति यो पनि हो । चिनियाँ सैन्य विज्ञान एकेडेमी अफ पीएलएका एक सैन्य रणनीतिज्ञका अनुसार, यसरी झुक्याएर एवं जालसाजी गरेर शत्रुमाथि आक्रमण गर्दा झण्डै ४० प्रतिशत शक्तिशाली आक्रमण गर्न सकिन्छ ।

चीनले वायु सेना, जल सेना लगायत सबै सैन्य क्षेत्रका लागि सबै किसिमका नक्कली हतियार (डिकोज) तयार पारेको छ । एक स्रोतका अनुसार, चीनले दुई किसिमका नक्कली डिकोज प्रयोग गर्छ । “एक पट्याउन मिल्ने र अर्को ठोस” । पट्याउन मिल्ने किसिमको नक्कली डिकोज मात्रै ३५ किलोग्राम तौलको हुन्छ । यसलाई सैनिकले आफ्नो पछाडि बोकेर लैजान सक्छ र शत्रुलाई झुक्याउनका लागि राख्नुपर्ने ठाँउमा राख्न सक्छ। पट्याएको अवस्थाबाट हतियार जस्तै देखिने हुनका लागि यो डिकोजलाई ४ मिनेटको समयमात्रै लाग्छ ।

पट्याउन मिल्ने नक्कली लडाकु वाहक (डिकोज)
त्यस्तै सन् २०११ मा पीएलएले आयोजना गरेको क्रस सैन्य क्षेत्र अभ्यासमा धातुबाट बनेका अर्काथरी ठोस डिकोजहरुको प्रदर्शन गरिएको थियो । ती डिकोजहरुलाई एक सयमिटर टाँढाबाट हेर्दा वास्तविक र नक्कली कुन भनेर छुट्याउन सकिएको थिएन् ।

धातुका नक्कली डिकोज
यी नक्कली हतियारहरुले शत्रुलाई झुक्याउने मात्रै हैन्, त्यो ठाँउको घटनाहरुलाई वास्तविक हतियारहरुसँग सम्पर्क गराउन सक्छ। चीनले यस्ता नक्कली हतियारहरुलाई निकै आधुनिकीकरण गरेको छ जसका कारणबाट उस्ले यी नक्कली हतियारहरुलाई जासुसका रुपमा समेत प्रयोग गर्न सक्छ। सन् १९८७ मा नाटोले गरेको सैन्य अभ्यासका क्रममा एक लडाकु हेलिकप्टरलाई २ सय मिटरको दुरीमा झुक्याइएको थियो, त्यसक्रममा उनलाई वास्तविक ट्यांक (लडाकु वाहन) भएको ठाँउ फेला पार्न थुप्रै मिनेटको समय खेर फाल्नु परेको थियो ।

फोर्सको छलछाम
कतिपयले सुनेको कुरा पनि हुनसक्छ कि चीनसँग कृत्रिम सेना पनि छ। हो, चीनले युद्धका बेला प्रयोग गर्नका लागि कृत्रिम सेनाहरु समेत बनाएको छ। विभिन्न किसिमका नक्कली सेना र हतियार जस्ले वास्तविक सेनासँगको सम्पर्कमा उस्तै नक्कल गरिदिन्छ। यसरी शत्रुलाई झुक्याउन ठूलो सहयोग मिल्छ। चीनले विभिन्न किसिमका ब्यालेस्टिक मिसाइलहरुको प्रक्षेपण गर्नका लागि यस्ता बाहनहरु बनाएको छ, ती बाहनहरुलाई तेल बोक्ने ट्रकका रुपमा समेत परिणत गरिदिन सक्छ।

जस्तै कि, कुनै मिसाइल बोकेको ट्रकलाई चीनले लडाकु क्षेत्रमा पठाउन खोजिरहेको छ, या गोप्य आक्रमण गर्न खोजिरहेको छ भने त्यो मिसाइल बोकेको ट्रक एक सामान्य ट्रक जस्तै देखिन सक्छ। यद्यपी खासमा यी ट्रकहरु लडाकु नै हुन् तर आफुसँग भएको आधुनिक प्रविधिको प्रयोग गरेर एकछिनमै पूरै ढाँचा बदल्न सक्ने हतियार चीनले बनाएको हो । सामान्य गाडी हो भनेर विश्वास होस् भन्नका लागि चीनले यस्ता मिसाइल परीक्षण गर्ने गाडीहरुमा नम्बर प्लेट समेत राख्ने गरेको छ ।

सामान्य जस्तै देखिने वास्तविक लडाकु गाडी
यसबाहेक पूराना थोत्रा गाडी जस्ता देखिने एवं विभिन्न किसिमले दुश्मनलाई झुक्याउन सकिने गरि चीनले हतियारहरु बनाउने गरेको छ। पीएलएभित्र युद्धमा जालझेलका लागि मात्रै भनेर समेत ठूलो अध्ययन हुने गरेको बताइन्छ ।

नक्कली हतियारको प्रयोग गरेर वास्तविक हतियारहरु लुकाएर आक्रमण गर्ने चीनको रणनीति हो । यसबाहेक चीनले पीएलको सहयोगीका रुपमा स्थानीय मिशिलिया बललाई समेत प्रयोग गर्ने गर्छ । धुवाँ उडाउने,  बेलुन उडाउने जस्ता कामहरु गरेर शत्रुलाई आक्रमण गर्ने लगायतका असहज पार्ने किसिमको गतिविधिका लागि भनेर ती स्थानीय सैन्यहरुलाई प्रयोग गर्ने गर्छ।

अन्तमा
यसरी चीनको भयानक छलछामका रणनीतिहरु अमेरिका, छिमेकी र इन्डो पेसिफिक क्षेत्रको शान्ति र द्धन्द्धलाई निकै चुनौतीको विषय बनेको रणनीतिकारहरु बताउँछन् । पीएलए अमेरिकाका लागि मात्रै नभएर पूरै विश्वका लागि एक खतरा साबित हुँदै गइरहेको अमेरिकी बुझाई छ । चिनियाँ अधिक छलछाम र जालसाजीले गर्दा अन्य सैन्य अथवा शत्रुहरुलाई प्रतिकृया दिन र वास्तविक लडाकुसँग युद्ध गर्नका लागि नै कठिनाइ हुनसक्ने देखिन्छ ।

चिनियाँ वास्तविक हतियाहरुलाई अवलोकन गरेर नष्ट गर्नका लागि नै निकै गाह्रो हुनेछ, त्यतिबेलासम्म चीनले आफ्नो अनुकुलतामा आक्रमण गरिदिन सक्नेछ ।
सन् १९९० र ९१ को गल्फ वारमा अमेरिका र गठबन्धन सेनालाई इराकका वास्तविक मिसाइलहरु पत्ता लगाउनै गाह्रो भएको थियो । चीनको भूमिगत शैलीको सैन्य विकास अन्य देशका लागि खतरा बन्दै गइरहेका बेला अमेरिका र अन्य शक्तिशाली राष्ट्रहरुले पनि आफ्नो सैन्य क्षेत्रमा जालझेलका रणनीतिहरु बढाउँदै लैजानु पर्ने आवश्यकता देखिएको सामरिक बिज्ञहरु बताउँछन्।

अमेरिकासँग अहिले चीनको तुलनामा यस्ता रणनीतिहरुमा कम पहल भएको बताइन्छ । यद्यपि अमेरिकाले पनि चिनियाँ भूमिगत योजना बिरुद्ध उल्लेख्य रणनीतिहरु अघि सार्दै गरेको विज्ञहरु बताउँछन् । हाल अमेरिकी वायु सेनाका चीफ अफ स्टाफ रहेका चाल्र्स क्यु ब्रोनले अमेरिकी सैन्यशक्ति भित्र डिसेप्सनका रणनीतिहरु वृद्धि गर्दै लैजानु पर्ने बताएका छन् । दि डिप्लोम्याटबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ