arrow

साउथ चाइना सी जस्तै मेकोंग नदी चीन र अमेरिकाबीचको नयाँ युद्ध मोर्चा हुन सक्ने

चीनले मेकोंग नदी रोक्दा ५ देश खडेरीमा, अमेरिकाले उठायो आवाज

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २९ बिहिबार
mekong-river-china.jpg

काठमाडौं। गरिब र निम्न आर्थिक स्थिती भएका देशहरुमा लगानीको लोभ देखाएर आफ्नो प्रभुत्व जमाइरहेको चीनले अमेरिकासँगको विवादका लागि मेकोंग नदीलाई नयाँ मुद्धा बनाएको छ। चीनबाट बग्ने मेकोंग नदीले लाओस, म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनामका विभिन्न क्षेत्रहरुमा सिचाई हुने गर्छ। ६ करोडभन्दा बढी मानिस यो नदीमा प्रत्यक्ष रुपमा निर्भर रहेका छन्।

तर चीनले आफ्नो देशभित्रै ११ वटा ड्याम बनाएर यो नदीमा बग्ने पानीलाई नै रोकिदिने तयारी गरेको छ । यसो गर्दा ६ करोड मानिसहरुले खडेरी झेल्नु पर्ने स्थिती आएको हो।

चीनले अनेकन उपाय लगाएर गरिब मूलुकहरुमाथि आफ्नो दमन बढाउँने गरेको आरोप लागिरहँदा त्यसैको एक उदाहरण बनेको छ मेकोंग नदी। ४ हजार ३ सय ५० किलोमिटर लामो यो नदी चीनमा लांकांग भनेर चिनिन्छ । गत वर्ष यो नदीको भर पर्ने क्षेत्रहरुमा दशककै रेकर्ड तोड्ने खडेरी परेको थियो । जसकारण करोडौं मानिसले पानीको अभाव झेल्नु परेको थियो।

यो नदी विश्वकै बढीमा मात्रामा माछा उत्पादन गर्ने नदी हो । तर गत वर्ष माछा उत्पादनमा समेत ठूलो कमि आएको थियो । पछि अमेरिकी पर्यावरणसम्बन्धी एक अनुसन्धानले मेकोंग नदीमा सन् २०१० देखि पानीको मात्रा घट्दै गइरहेको स्पष्ट पारेको थियो । चीनले विशाल ११ वटा ड्याम बनाएर अत्याधिक मात्रामा पानीलाई अन्तै प्रशारित र प्रयोग गरेपछि नदीको वहावमा समेत कमी आएको छ। 

यति मात्रै हैन्, चीनले मेकोंग नदीको संरक्षणका लागि बनेको आयोगलाई नै पूर्नस्थापना गर्न खोजिरहेको छ। यसकाराण अमेरिकाले यस्ता अमानविय कदमहरु नचाल्न भन्दै चीनलाई दबाब दिएको हो। तर, चिनियाँ परराष्ट्र मन्त्रालयले भने यो कुरालाई अस्विकार गरिदिएको छ।

थाइल्याण्डस्थित चिनियाँ राजदुतावासले चीनलाई भुराजनीतिक आरोप लगाउँन यस्तो कुरा गरिएको बताएको छ। चिनियाँ पत्रिका ग्लोबल टाइम्स र कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेलीले समेत अमेरिकाले गरेको अध्ययन र अनुसन्धानलाई गलत भएको टिप्पणी गरेका छन्। चिनियाँतर्फबाट ड्याम बनाएर खडेरीलाई झन कम पारिदिएको भन्ने कुतर्क आएको छ।

सेबास्टियन स्टा्रंगियोले लेखेको किताब “ड्रयागनको छायामा” चिनियाँ शताब्दिमा दक्षिणपूर्वी एसियामा भनिएको छ , “चीनको डाउनस्ट्रिममा रहेका देशहरुले अब दैनिकी आवश्यक्ताहरुकै लागि चीनमाथि निर्भर हुनेछन्, र उनीहरुले ड्याम निमार्णको विषयमा चीन सकारलाई चुनौती दिन सक्ने छैनन्।”

तर, चीनले गरिररहेको दमनका विरुद्ध अमेरिकाले आवाज उठाइदिइरहेको छ। मेकोंग नदीका विषय साउथ चाइना सीको जस्तै पेचिलो बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ