arrow

इन्डियन ब्राण्ड जस्ले चिनियाँ ब्राण्डलाई पन्छाइदियो

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २ मंगलबार
bajaj-tvs.jpg

काठमाडौं। भारत र चीनबीचको विवाद अब पूर्वी लद्दाखमा भएको सैन्य भिडन्तमा मात्रै सिमित छैन् । भारत र चीनबीचको सम्बन्ध अब आर्थिक र अन्य सुरक्षाका कारणले समेत पूर्णरुपमा अलग हुन लागिसकेको छ । चीन र भारतबीचको सम्बन्ध माथिल्लो सरकारी तहमै चिस्सिइसकेको छ।

भारतले चिनियाँ एपमात्रै प्रतिबन्ध गरेको छैन् चीनसँगका हरेक आर्थिक गतिविधिहरु रोक्ने तयारीमा लागेको छ । सीएनबीसी टिभी १८ मा प्रकाशित एक रिपोर्टले भारतीय मोटरसाइकल कम्पनी बजाज र टिभिएसले भारतमा चिनियाँ बजारलाई जितेको मात्रै छैन्, विश्व मोटरसाइकल बजारमा नै चिनियाँ मोटरसाइकलाई विस्थापित गर्दै गएको छ।

यस विषयमा ह्विल्सईएमआईका प्रवन्ध निर्देशक श्रीनिभास कान्तेतीले चीनले विश्वको अर्थतन्त्रलाई नै हाइज्याक गरेको कुराहरुको चेतना पछिल्लो समय सबैमा जागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, अमेरिकामा एक चिनियाँ विद्यार्थीले सबै अन्य विद्यार्थीहरुलाई जितिरहेको प्रसंगलाई उल्लेख गरेका छन् । चीनले हरेक पक्षमा आफुलाई यसरी मजबुत बनाइसकेको छ कि उस्लाई जित्नका लागि अब हरेक नागरिक सचेत भएमा मात्रै सम्भव छ ।

इटालियन र अन्य मूलुकहरुमा हप्ताको ४ दिन काम गर्ने परम्परा अँगालिरहेका बेला चिनियाँ नागरिकहरुले बिदाको प्रवाह नगरि काम गरिरहेका हुन्छन् । यी यावत कुराहरुले हेर्ने हो भने चिनियाँ नागरिकहरुले धेरै दुरी नाघिसकेका छन् । तर, यसबीच एक भारतीय कम्पनीले चिनियाँ विश्वबजारलाई विस्थापित गरिदिएको श्रीनिभास कान्तेतीले बताए।

बजाजले आफ्नो इन्जिन र अन्य डिजाइनको लागि गरेको मेहनत उल्लेख्य छ । बजाजले भारतका टप इन्जिनियरिंग कलेजबाट टप विद्यार्थीहरुलाई छनोट गरेर मोटरसाइकलको इन्जिन डिजाइन गर्दै र अपग्रेड गर्दै आएको छ । त्यस्तै टीभीएसले पनि मोटरसाइकल उत्पादनमा ठूलो योगदान दिँदै आएको छ ।

मोटरसाइकलको विश्वबजारमा भारत
सन् २००५ मा चिनियाँ मोटरसाइकल कम्पनीले भारतको भन्दा ३० प्रतिशत सस्तोमा मोटरसाइकल बनाइदिएर भारतीय बजारमाथि कब्जा गर्न खोजेको थियो । तर, मेडइन चाइनाको प्रभाव परेका मोटरसाइकलहरु लामो समय टिक्न सकेनन् । सुरुको ६ महिनामा भने सबै डिलरहरुले चिनियाँ मोटरसाइकलहरुको व्यापार सुरु गरिसकेका थिए । तर, मानिसहरुले प्रयोग गर्दा ६ महिना नपुग्दै मोटरसाइक थन्किन थालेका थिए। 

त्यसपछि बजाजले अफ्रिकामा, चिनियाँ मोटरसाइकल बजारमाथि आक्रमण गर्याे । अफ्रिकाका नागरिकहरुसँग दुई अप्सनहरु रहेका थिए, एक टिकाउ महँगा जापानी मोटरसाइकल किन्नु, अर्काे सस्ता र छिट्टै विग्रिने चिनियाँ मोटरसाइकल किन्नु । सोही समयमा जापानी भन्दा सस्ता चिनियाँ भन्दा महँगा र निकै मजबुत भारतिय मोटरसाइकल बजाजले राम्रो बजार ल्याइदियो । यसरी अफ्रिकी मोटरसाइकल बजारमा बजाजले प्रभाव कायम गर्न थाल्यो । नाइजेरिया लगायतका मूलुकमा अहिले बजाज नम्बर १ ब्राण्ड हो भने दोस्रोमा टिभीएस रहेको छ । चिनियाँ कम्पनी त्यहाँबाट बाहिरी सकेको छ ।

सन् २०१८ मा भारत विश्वकै नम्बर एक टु ह्विलर उत्पादक बनेको थियो । चीनको भन्दा दुई गुणा बढी उत्पादन गर्न थालेको भारतीय मोटरसाइकल बजारले त्यसपछि युरोपियन ब्राण्डहरुलाई किन्न थाल्यो । युरोपमा अहिलेको टप ब्राण्ड बीएमडब्लु हैन् केटीएम हो र जुन बजाजको लगानी रहेको ब्राण्ड हो । यसबाट के पुष्टि हुन्छ भने भारतले स्वतन्त्ररुपमा अघि बढ्दा अब, मोबाइल उत्पादन, कम्प्युटर र फर्मास्युटिकललगायतका हरेक क्षेत्रमा भारतले अब आफ्नो विश्वबजार विस्तार गर्न सक्छ ।

विश्वबजारमा चिनियाँ प्रभुत्व कम गराउनका लागि भारतमा अब जनस्तरमै चेतना फैलिइसकेको छ भने विभिन्न भारतीय कर्पाेरेटहरुले विभिन्न किसिमका उत्पादनको विकास थालेका छन् । कर्पोरेटहरुले अब स्थानीय बजार हैन्, विश्वबजारका लागि उत्पादन गर्नुपर्छ भन्ने सोचका साथ काम शुरु गरेका छन् । चिनियाँ सामान किन्न छोडेर अब आफ्नै देशमा उत्पादन गनूपर्छ र आफ्नै बजारलाई वैश्विकरण गर्नुपर्छ भन्ने सोच पनि भारतीय कर्पोरेटहरुले लिएको देखिन्छ।

भारतले आत्मनिर्भर भारत अभियानका माध्यमबाट देशलाई एक नयाँ स्थानमा पुर्याउँदै गएको टेलिभिजनको रिपोर्टमा छ । भारतले अब भारतमै मोबाइल एवं अन्य उत्पादनका लागि काम गर्न थालिसकेको छ । उसो त भारत विभिन्न क्षेत्रमा विश्वकै एक नम्बरमा रहेको देश हो । तर, चीनले पछिल्लो दशकमा पूरै एसिया र अफ्रिकामा आफ्नो सञ्जाल विछ्याइसकेकपछि भारत मात्रै हैन जापान र अन्य विकसित मूलुकहरुलाई समेत धक्का लागेको छ । संयोगवस कोरोना भाइरसको माहामारीले हरेक देशलाई चीनको पञ्जाबाट उम्केर आफु स्थापित हुने पाठ सिकाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ