arrow

जम्मु काश्‍मीरमा धारा ३७० को खारेजको एक वर्षमै सुरक्षा व्यवस्थामा व्यापक सुधार

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ १३ शनिबार
kashmir.jpg

काठमाडौं। ५ अगस्त २०२० मा जम्मु काश्‍मीरलाई केन्द्रको शासनमा ल्याउँदै संविधानको धारा ३७० खारेज भएको एक वर्ष पूरा भएको छ । भारत सरकारले संविधानको उक्त अस्थायी प्रावधान हटाउन गरेको ऐतिहासिक निर्णय ठूलो बहस र छलफलको विषय बन्‍यो । 

लामो समयदेखि पाकिस्तान आतंकवाद, हिंसा, अतिवाद, राजनीतिक अस्थिरता र पृथकतावादबाट ग्रसित जम्मु काश्‍मीरका लागि ५ अगस्त २०१९ को दिन एक परिवर्तन, शान्ति, विकास र समृद्धिको आशा गरिएको दिन बन्‍यो । उक्त धाराको खारेजीले जम्मु काश्‍मीरमा सुरक्षा व्यवस्थलाई चुस्त बनाउनसमेत खोजिएको थियो। 

बर्षौंदेखि विद्रोह, सीमापार आतंकवाद, चरम सालाफी र वहाबी विचारधाराको उदय र अल-कायदा र इस्लामिक स्टेट वा  राष्ट्रिय-अन्तर्राष्ट्रिय आतंकवादी समूहको प्रभाव र विश्वव्यापी जिहादीको असरलाई जम्मु काश्‍मीरले सामना गरिरहेको थियो । तर, ५ अगस्त, २०१९ जम्मु काश्‍मीरका लागि नयाँ आशाको किरणको ऐतिहासिक दिन सावित भयो । 

यो विश्वास गरिएको छ कि यसको परिणामस्वरूप पूर्वाधार विकास, आर्थिक अवसरहरू, राम्रो स्वास्थ्य सेवा र सुधारिएको गुणस्तर जीवनशैली र अन्य सम्भावनाहरूले स्थानीय जनतामा कट्टरपन्थीकरण, आतंकवाद, आन्दोलन र हिंसालाई परास्त गर्ने काम गरेको छ । एक वर्षको अवधिमा कुनै खासै हिंसात्मक घटनाहरु र आन्दोलनहरु भएका छैनन् । 

सन् २०१९ को नोभेम्बमा केही आतंकवादी आक्रमणमा केही ट्रक चालक र मजदुरहरु मारिएका थिए । विगतका वर्षहरुलाई सन् २०२० को ६ महिनासँग तुलना गर्दा सुरक्षा व्यवस्था निकै सुधारन्मुख देखिएको छ । २०२० को जनवरीदेखि जुनसम्म एक स्वतन्त्र समूहले गरेको एक अध्ययन अनुसार २२४ जनाको मृत्यु भएको छ । तर, २०१९ को यहि अवधिमा २७१ जनाको मृत्यु भएको थियो । मारिएकामध्ये सबैभन्दा बढी २२४ जना आतंकवादी रहेको रहेको जनाइएको थियो । 

जम्मु काश्‍मीरका प्रहरी प्रमुखले २०२० को जुनमा दक्षिण काश्‍मीर क्षेत्रमा रहेका आतंकवाद नियन्त्रणमा आएको आश्वस्त पारेका थिए । त्यसैगरी जुलाई २०२० मा पाकिस्तानी आतंकवादी समूह लेटका कमाण्डर मारिएसँगै श्रीनगरमा आतंकवादको सूचीमा कोही पनि नभएको दाबी गरेको थियो । 

जम्मु काश्‍मीरमा सुरक्षा व्यवस्था निकै चुस्त बनेसँगै नागरिकहरुले शान्तीको श्वास फेर्न पाएका छन् । उनीहरुले कुनै आक्रमण र आन्दोलनबाट त्रसित हुनुपर्ने स्थिति छैन । उनीहरु आ-आफ्नो पेसा-व्यवसायमा निर्भिकताका साथ लाग्‍न पाएका छन् । बिहन उठेर बेलुका घर नफर्किने चिन्ताले उनीहरुलाई पिरोल्‍न छोडेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ