arrow

दासत्वको अन्त्य पछि काश्मिरमा बाल्मिकी समुदायले पनि देख्न थालेको सपना र आशाको जीवन

logo
एएनआई,
प्रकाशित २०७७ भदौ १५ सोमबार
jammu-kashmir.jpeg

काठमाडौं। पछिल्ला दिनहरुमा सन्‍जना सिंह (नाम परिवर्तन) अधिक खुसी छन् । केही हप्ता अघी आएको उनको कक्षा १२ को नतिजामा उनले उत्कृष्ट अंकसहित उत्तीर्ण भइन् । यो अन्य परिवारमा सामान्य उपलब्धि हुन सक्छ तर सन्जनाको परिवारको लागि यो उल्लेखनीय उपलब्धि हो । जम्मु कश्मीरको अति विभेदकारी समुदाय वाल्मीकी परिवारमा युवाहरुलाई सपना देख्‍न ठूलो साहस र विश्वास चाहिन्छ ।

सन्जना माध्यमिक परीक्षा उत्तिर्ण भएपछि अब उनले मेडिकल प्रोफेशनल बन्‍ने सपनाको लक्ष्य राखेकी छन् । ती परिवारहरु जहाँ छोरीले विवाह गरेर बच्च‍ा जन्माउने र उनीहरुको स्याहारसुसार गर्ने काम मात्रै हुन्छ । त्यही परिवारमा हुर्केकी सन्‍जनाले उनका दौंतरीभन्दै निकै धेरै उपलब्धी हात पारिसकेकी छन् । उनका बुबाले पनि छोरीले अहिलेसम्म धेरै प्रगती हासिल गरिसकेको स्वीकार गर्दै भन्छन त्यो कुरा उनीहरूको अपेक्षाभन्दा टाढाको थियो ।

५ अगस्त, २०१९ सम्म सन्‍जनाजस्तै उनको समुदायका युवा विद्यार्थीहरू सपना देख्‍न डराउँथे । किनभने धारा ३७० का कारण जम्मू कश्मीर राज्यमा वाल्मीकी समुदायका जनतालाई राज्यको नागरिक हुनबाट वञ्‍चित गरिएको थियो । स्थायी निवासी प्रमाणपत्र (पीआर) दिन अस्वीकार गरिएदेखि उनीहरूलाई राज्यका संस्थाहरूमा रोजगारी पाउन वा उनीहरूको बच्चाहरूलाई राज्यले सञ्‍चालन गर्ने संस्थाहरूमा प्रवेश दिन विभेद गरिएको थियो ।

सन् १९५७ मा सरकारले विरोध प्रदर्शन रोक्‍न र सडक सफाइ गर्नका लागि वाल्मिकीहरुलाई जम्मु-कश्मीरलाई ल्याइएको थियो । तीन पुस्तापछि पनि उनीहरुसँग स्थायी आवासीय प्रमाणपत्र दिइएको थिएन । उनीहरु लामो समयदेखि सफाइ कर्मचारीको रूपमा काम गर्न बाध्य छन् । ६ दशकसम्म बसोबास गरे पनि वाल्मीकि समुदायका मानिसहरुले ठूलो भेदभावको सामना गर्नु पर्‍यो र आधारभूत नागरिकता अधिकारबाट समेत वञ्‍चित गरियो । 

भारत सरकारले ५ अगस्त २०१९ मा धारा ३७० खारेज गरेपछि मात्र वाल्मीकि समुदायका जनताले कश्मीरको नागरिक बन्‍ने तिनीहरूको लामो समयदेखिको सपना साकार भयो । यसले दासत्वको साङ्लाहरु चुडाएको  छ। स्वतन्त्रतालाई सीमित गरेर सपना देख्‍नबाट पनि वञ्‍चित गरिएको प्रावधान हट्दा उनीहरु अहिले धेरै खुसी देखिएका छन् । 

दशकौं अघि पञ्‍जाबबाट जम्मु-कश्मीर बसाई सरेका अर्का सफाई कर्मचारीका छोरा एकलव्यले भने, “म वकिल बन्‍न चाहन्थें। यद्यपि कानुनी अभ्यासका लागि निवासी प्रमाणपत्र आवश्यक थियो । अब, म अन्ततः एक वकील बन्‍ने सपना पूरा गर्न सक्ने भएको छु ।"

त्यस्तै वाल्मिकी समुदायकै परिवारकी राधिकालाई राज्यको सीमा सुरक्षा बल (बीएसएफ) मा भर्ती हुनबाट खारेज गरिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । "मेरो सपना भंग भयो । मैले शारीरिक परीक्षा पास गरेँ तर, पीआर थिएन । मैले अदालतमा पनि अपील गरें । मैले पढाइ पनि छोडे । पछि, विशेष स्थितिको खारेजीपछि मैले आफ्नो अध्ययन सुरु गरें । मैले फेरि सपना देख्‍न थालें, ” २० वर्षीयाले राधिकाले भनिन् ।

“मानिसहरू भन्छन कि त्यहाँ कुनै भेदभाव छैन । तर हामीले यो तीन पुस्तासम्म भेदभाव देख्यौं । मेरो हजुरबुबा यहाँ सडकहरू सफा गर्न ल्याइएका थिए । वाल्मीकि समुदायका अर्का युवा भट्टीले भने ।

धारा ३७० को खारेजपछि समुदायका सदस्यहरुमा आत्मविश्वासको भावना बढेको छ । उनीहरूले धारा ३७० खारेज भएको निकै ठूलो खुसी व्यक्त गरे ।

११ वर्षीया अनादी अन्ततः आफ्नो बुबाले जस्तो सपना देख्‍न हिम्मत गर्न सक्छिन् । "म इन्जिनियर बन्न चाहन्छु । म मानिसहरूलाई उनीहरूले कत्ति धेरै दुःख भोगेको र जागिर नपाएको बारेमा कुरा गरिरहेको छु । अब म धेरै अध्ययन गर्नेछु र रोजगार पाउनेछु ।”

सजना र उनी जस्ता विद्यार्थीहरू विश्वास गर्छन् कि उनीहरू भाग्यशाली छन् । उनीहरूलाई सपना पछ्याउने अवसर दिइन्छ किनकि सबैले समान अवसर पाएका छन् । पछिल्ला दशकमा उनीहरूलाई कडा कानुनले क्रूर दमनका कारण वाल्मिकी समुदायका युवाहरूले ठूलो पीडा भोगेका थिए । 

वाल्मीकि समुदायका सदस्यहरूका सफलताका कथाहरू व्यवहारिक उदाहरण हुन् कि कसरी धारा ३७० खारेज गरेपछि जनताले पुस्तादेखिको दासत्वबाट मुक्त भए र उनीहरूलाई मर्यादा र आत्मसम्मानको जीवन बिताउने अवसर प्रदान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ