arrow

सबैभन्दा धेरै संक्रमण भएका तीन राष्ट्रसहित विश्वमा कति पुगे संक्रमित ?

logo
पिटिआई,
प्रकाशित २०७७ भदौ १७ बुधबार
corona-venezuela.jpg

नयाँदिल्ली ।  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी दुई करोड ५९ लाख २५ हजार ४७० जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६१ हजार ६६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ । 

मृत्यु भएका र संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।पछिल्लो विवरण अनुसार अमेरिकामा ६२ लाख ५८ हजार २८ जना संक्रमित हुँदासम्म एक लाख ८८ हजार ९०७ जनाको मृत्यु भएको छ ।

 त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना संक्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ ओटा देशमा पुगेको छ । 

कोरोनाभाइरसबाट भारतमा कुल संक्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म संक्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो ।  

तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा कुल संक्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।  

अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना संक्रमित अवस्थामै रहेका छन् । 

सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हँुदै विश्वभरी फैलिएको हो । 

यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय बैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन्। 

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ