arrow

मध्यपूर्वमा टर्कीको आतंक, ग्यास उत्खनन गर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २० शनिबार
turkey-gas-oli-drill.jpg

काठमाडौं। ग्रिस सरकारले फ्रान्सबाट नयाँ सैंन्य एयर क्राफ्ट किन्ने तयारी गरेको छ। टर्कीले पूर्वी मध्यसागरमा हाइड्रोकार्बन उत्खननको तयारी गरेसँगै ग्रिसले नयाँ हतियार किन्ने तयारी गरेको हो। ग्रिस र टर्कीबीचको मध्यसागरमा पानी मुनी ग्यास र तेलको भण्डार रहेको दाबी छ। दुई देशबीच विवादित क्षेत्रमा टर्कीले उत्खननको तयारी गरेसँगै ग्रिसले सुरक्षा बढाउन खोजेको हो।

ग्रिसका अधिकारीहरुले सोमबार कुनै पनि हतियार किन्ने सम्झौता नभएको रोयर्टसलाई बताएका छन्। यद्यपि त्यहाँका सञ्चार माध्यमले भने १८ वटा राफेल फाइटर किन्ने सम्झौता भइसकेको उल्लेख गरेका छन्। ‘हामीले फ्रान्ससँग कुरा अघि बढाएका छा, र फ्रान्ससँग माात्रै हैन् देशको सुरक्षालाई थप विकास गरिरहेका छौं,’ अधिकारीहरुले एयरक्राफ्टको कुरालाई उदृत गर्दै रोयर्टसलाई भनेका छन्।

टर्कीको उदयले मध्यपूर्वका देशहरु र युरोपियन युनियनलाई टर्कीको विपक्षमा बाँधेको छ र फ्रान्स पनि विपक्षमा सहभागी हुन उत्सुक छ। गत हप्तामात्रै ग्रिसमा फ्रान्स र युएईका एयर क्राफ्टले संयुक्त सैन्य अभ्यास गरेको छ। जसमा इटालीयन सैन्य बल पनि सहभागि भएको थियो।

युरोपियन युनियनले गतहप्त मात्रै टर्कीमाथि प्रतिबन्ध लगाउने कुरा दोहर्याएको छ। टर्कीले मध्यपूर्वमा हाइड्रोकार्बनको उत्खनन गर्ने गविधिहरु सञ्चालन गरेसँगै ईयुले यस्तो चेतावनी दिएको हो।

ईयुको चेतावनीपछि टर्कीले साइप्रस सीमा क्षेत्रको मध्यसागरमा ड्रिलिंग गर्ने भन्दै प्रतिकृया दिएको छ। मध्यसागरमा पानीभित्र हाइड्रोकार्बन रहेको र त्यसको उत्खनन गरेर ग्यास, डिजेललगायतको इन्धनको उत्पादनका लागि ड्रिलिंग गर्ने टर्कीको योजना छ।

ईयुको प्रतिबन्धको चेतावनी र सैन्य अभ्यासको आलोचना गर्दै टर्कीले भने हाइड्रोकार्बनको अन्वेषणको कार्य अघि बढाएको छ। त्यहाँको रक्षामन्त्रालयले गत सनिबार अन्वेषण योजनाको भिडियो ट्विटरमार्फत सेयरसमेत गरिसकेको छ।

टर्कीले आफ्नो हठ जारी नै राखेको छ। उसले सेप्टेम्बर १२ अघि नै योजना अनुरुप काम गर्ने संकेत गरेको छ। जमर्नीले ग्रिस र टर्कीबीचको विवादमा पस्ने संकेत गरेको छ। दुवै देशका विदेशमन्त्रीले जमर्नीको विदेशमन्त्रालयले विवाद समाधान गर्न बीचमा आउने कुरा खुलाइसकेका छन्।

गत मंगलबार टर्कीका विदेशमन्त्रीले ग्रिससँग वार्ता गर्न खोजेको बताएका छन्। यद्यपि राष्ट्रपति ताइप एर्दाोगनले भने ग्रिसलाई असक्षम भएको भन्दै क्षेत्रिय र ग्लोबल पावर टर्कीलाई अन्यायपूर्ण तरिकाले हेर्न खोजेको आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ