arrow

क्वाडलाई चीनले बनाइदियो अझैं बलियो

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २० शनिबार
quad-nation.jpg

काठमाडौं। क्वाड्रिलेट्रल सेक्युरेटी डाइलोग अर्थात अष्ट्रेलिया, भारत, जापान र अमेरिकाबीचको सुरक्षा गठबन्धन क्वाडलाई चिनियाँ आक्रमकताले अझैं बलियो बनाइदिएको छ। आउँदो साता कोरोना भाइरसको माहामारीकाबीच यी चारै देशका विदेशमन्त्री भेटवार्ताका लागि दिल्ली आउने भएका छन्। चीनको बढ्दो आक्रमकताकाबीच अहिले क्वाडमा नयाँ दिल्लीको मुख्य सक्रियता देखिएको छ। उसो त,चारवटै देशहरुले चीनको विस्तारवादप्रति ध्यानाकर्षण गरेकै अवस्था छ।

कोरोना भाइरसको माहामारीमा चीनका अस्पष्ट जानकारीसँगै गलत सूचना, विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्रिय नागरिक उड्यन संगठनसँगको शंकास्पद मिलेमतोले चीनप्रति झनै घृणा पैदा गरेको छ। अहिले ग्लोबल सप्लाई चेनका रुपमा स्थापित हुन खोजिरहेको चीनप्रति चारवटै मुलुकहरु रुष्ट छन्। यसबीच चारवटै देशले कोरोना भाइरसको माहामारीका बीच भेटघाट गर्नुले चीनलाई क्वाडको एक ठूलो सन्देस पुग्ने देखिन्छ।

क्वाडले जापान र अमेरिकामा राजनीतिक परिवर्तनका कारण केहि टाउको दुखाइ भोगेपनि त्यसबाट तत्काल बाहिर निस्केर आफ्नो संगठनलाई बलियो बनाइ छोड्ने चारवटै देशहरुको संकेत छ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको अचानकको राजीनामाले क्वाडलाई झड्का दिएको छ। किनकी आबे क्वाडका एक प्रमुख प्लेयरका रुपमा थिए।
चीनको विस्तारवाद विरुद्ध उनिने आबेको नेतृत्व र रणनीतिलाई क्वाडले सधैं सम्झिरहने यस क्षेत्रका रणनीतिकारहरु बताउँछन्। दिल्लीका लागि आबे एक विश्वसनिय सहयोगी हुन्।

आबेले कार्यालय सम्हाल्नुअघि पनि जापान भारतबीचको सम्बन्ध राम्रो थियो। त्यसबीच आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगे। पछिल्लो समय दुई देशबीच सैन्य अभ्यास, सिभिल न्युक्लियिर सम्झौता एवं अन्य व्यापारीक साझा सम्झौताहरु भए जसले जापान भारतको सम्बन्धलाई अझैं बलियो बनाइदिएको छ। यद्यपि अब जापानको नेतृत्वमा को आउँछ र त्यसले इन्डोप्यासिफिकमा कस्तो रोल प्ले गर्छ भनेर हेर्न बाँकी नै छ।

दोस्रो, अमेरिकामा आउन लागेको राष्ट्रपतिय निर्वाचनको कुराले पनि त्यहाँको नेतृत्वमा परिवर्तन आउन संकेत गरेको छ। यद्यपि डेमोक्र्याट र जोय बाइडेन पनि क्वाडको विपक्षमा भने छैनन्। तर पनि राजनीतिक नेतृत्व परिवर्तनले नीतिहरुमा परिवर्तन गरिदिनसक्छ भन्ने चिन्ता भने क्वाडका रणनीतिकारहरुको छ।

इन्डोप्यासिफिक रणनीतिमा काम गर्नुअघि केही महिना प्रशासन र कार्यालय व्यवस्थापनमै समय लाग्ने छ। बाइडेनको तरिका र प्रकृया फरक भएपनि दुई पार्टीबीच कसले चीनलाई बढी धक्का दिन सक्ने भन्ने भित्रि प्रतिस्पर्धा रहि आएको छ।

चीनले पछिल्ला दिनमा देखाएको व्यवहारका कारण क्वाडलाई झनै बलियो बनाइदिएको छ। जस्तै कि पछिल्लो समय भारत र अष्ट्रेलियाविरुद्धको चिनियाँ व्यवहारले क्वाडका दुई सदस्यलाई झनै बलियो र सक्रिय पारिदिएको छ।

गत मे मा भारत र चीनबीच भएको सैन्य झडपको बेलादेखि दुई देशबीचको विवाद शिखरमा पुगेको छ। यद्यपि कुटनीतिक हिसाबमा अघि बढ्न सकेको छैन्।
त्यसपछि पनि गत शनिबार समेत दुई देशबीच पूर्वी लद्दाखमै विवाद भएको छ। त्यसलगत्तै भारतले थप १ सय १८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाइदिएको छ। त्यसअघि पनि भारतले दुई चरणमा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।

पछिल्ला विवादसँगै भारतले विभिन्न चीनसम्बन्धी व्यापारिक नीतिमा आमुल परिवर्तन ल्याइसकेको छ भने भारत आत्मनिर्भर भारतको अभियानमा लागेको छ।
यसरी नै चीनले अष्ट्रेलियालाई समेत निशाना बनाएको छ। कोरोना भाइरसको वास्तविक उत्पत्तिको बारेमा अध्ययन गर्न रोक लगाउनुका साथै त्यहाँको निर्यातमा पनि बाधा सिर्जना गर्दै आएको छ। यति मात्रै हैन चीनले केहि दिन अघि अष्ट्रेलियाली पत्रकारलाई पक्राउ गरेर समेत राखेको छ।

जापानले समेत चीनबाट आफ्ना कम्पनीहरु बाहिर सारिरहेको छ। अमेरिका र चीनबीचको सम्बन्धमा त ऐतिहासिक दरारमा पुगिसकेको छ। यी यावत चिनियाँ प्रपञ्चहरुले क्वाडलाई झन धेरै उर्जा थपिदिएको छ। परिणाम क्वाड चीनविरुद्ध कडा रुपमा उभिन सहज अवस्थामा पुगेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ