arrow

नेकपाका नेताहरुसँग 'सर्प पनि मर्ने लौरो पनि नभाँचिने' एचोको प्रस्ताव

तयार होलान दुईमुखे नेकपाका नेताहरु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १३ सोमबार
china-Guo-Yezhou.jpg

काठमाडौं। सत्तारुढ नेकपाको फुट कानुनी प्रक्रियामा अघी बढेपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सिजिनपिङको सन्देश लिएर एक चिनियाँ उच्चस्तरिय प्रतिनिधीमण्डल अहिले ४ दिने भ्रमणका क्रममा नेपालमा रहेको छ । काठमाडौं एयरपोर्टमा अवतरण हुँदै गर्दा पीपीइ धारण गरेर आएको चिनियाँ टोली यतिबेला उच्च तहसँग औपचारिक संवादमा छ भने कतिपय गोप्य भेटघाटमा पनि व्यस्त छ । 

नेकपा एकीकरण गराउन विगतमा काम गरेका उनी २०७४ साल फागुनमा समेत नेपाल आएका थिए । अहिले उनै चिनियाँ नेता गुओ येचो विभाजनको कानुनी प्रक्रियामा रहेको नेकपालाई जोगाउने सुत्र लिएर फेरी काठमाडौं उत्रिएका छन् र भेटघाट जारी राखेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचो सहितको चार सदस्सीय टोलीले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ भने प्रधानमन्त्री केपी ओलीदेखि पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग मंगलवार भेट गरेको छ । मंगलबार नै झलनाथ खनाललाई पनि उनको टोलीले भेटेको छ ।

यतिखेर चिनियाँ टोलीले नेकपाको आन्तरिक राजनीतिको सुक्ष्म व्यवस्थापन गर्दैगर्दा यसलाई घरेलु राजनीतिमा विदे्शी हस्तक्षेपको रुपमा पनि आलोचना भइरहेको छ। हस्तक्षेपकै रुपमा भएपनि विभाजनको चरणमा पुगिसकेको नेकपालाई येचोंको टोलीले जोड्न सक्छन कि सक्दैन भन्नेसँगै यतिखेर दुई मध्ये कुन नेकपाले चीनको न्याँनो साथ पाउला भन्ने चर्चा पनि शुरु भएको छ । 

तर, यो भ्रमणमा चीनको रणनीति चाही फरक देखिएको छ । नेकपामा चीनको भूमिकाको बारेमा जानकार एक नेताले हाम्राकुरासँग कुरा गर्दै चिनियाँ टोली नेकपाका नेताहरुमा बढेको ‘तुष’ झार्ने सोच लिएर आएको बताए । उनका अनुसार औपचारीक फुटको संघारमा पुगेको नेकपाको आन्तरिक लडाइलाई कम गरेर दुबै पक्षलाई ‘वीनवीन’ हुने अवस्थामा पुर्‍याउन चीन सक्रिय रहेको छ । 

बदलिएको राजनीतिक अवस्थालाई सामान्यतर्फ लगेर प्रतिनिधि सभा विघटनलाई कानुनी प्रक्रियाबाटै फिर्ता गराउने र प्रधानमन्त्रीमाथी अर्को पक्षले लगाउन तयारी गरेको अविश्वासको प्रस्तावलाई रोक्नेसम्मको प्रस्ताव चीनको छ । यही रणनीति अनुसार राष्ट्रपतिसँगको भेटमा चिनियाँ प्रतिनिधि मण्डलले चासो राखेपछि सो विषय अदालत पुगिसकेकाले अदालतको निणर्यबाट नै टुंगो लाग्ने जवाफ राष्ट्रपतिले दिएको स्रोतले बताएको छ । 

राष्ट्रपतिसँगको भेटबारे उनका संचार विज्ञ टिका ढकालले नेपालको राजनीतिक तथा सामाजिक स्थिरताको विषयमा चिनियाँ पक्षबाट चासो व्यक्त भएको र नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिको शुभकामना शन्देश व्यक्त भएको जानकारी दिए । ‘छोटो समयको भेट थियो, चिनियाँ पक्षबाट नेपालको राजनीतिक तथा सामाजिक स्थिरताको विषयमा चासो र चिन्ता व्यक्त भयो, उहाँहरुले चिनियाँ राष्ट्रपतिको नयाँ वर्षको शुभकामना सन्देश पनि दिनुभयो,’ राष्ट्रपतिका संचार विज्ञ ढकालले हाम्राकुरासँग भने । 

प्रधानमन्त्री ओलीसँगको भेट बारेको तस्वीर उनका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सामाजिक संजाल फेसबुकमा राखेका छन । त्यहाँ उनले प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीले भेटेको र दुई पक्षीय हितका विषयमा छलफल भएको उल्लेख गरेका छन । सो भेटमा चिनियाँ राष्ट्रपतिको नयाँ वर्षको शुभकामना सन्देश चिनियाँ पक्षले प्रधानमन्त्रीलाई सुनाएको भनिएको छ । 

भेटघाटको दृश्य चाही देखिए भन्दा झनै फरक छ । सोमबार त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिएका चार जनाको टोली विगतको कुटनीतिक परम्परा भन्दा फरक रुपमा आए र विमानस्थलबाट बाहिरिए ।स्वास्थ्य मापदण्ड पालना गरी आएका उनीहरुलाई न स्वागतको तयारी थियो न सुरक्षाको नै आवश्यकता पर्यो । कोभिड १९ को संक्रमणकै बिच आएका उनीहरु आइसोलेसनमा बसेका संक्रमितलाई भेट्न डाक्टर आइसोलेसन रुममा पसे जसरी सवारी चढेर विमानस्थलबाट बाहिरिएका थिए । त्यहाँबाट सिधै चिनियाँ दुतावास पुगेका उनीहरु केही बेरको आन्तरिक छलफलपछि भेटघाटमा लागेका थिए । 

यसअघी संसद विघटन भएलगत्तैबाट चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको विभाजित दलका अध्यक्ष दाहाल र नेपाललाई भेटेकी थिइन । त्यसबेला यान्छीले प्रधानमन्त्री केपी ओलीसँग भेट्न चाहेपनि उनले समय नदिएको बिषय समेत चीन पुगेपछि चिनियाँ उच्चस्तरीय टोली नेपाल आएको बताइन्छ । 

एचोंले नेकपा मिलाउने चिनियाँ सुत्र बताए पनि दुई मुखे बनेको नेकपाका नेताहरुले यसलाई कसरी लिने हुन त्यो भने आगामी दिनमा उनीहरुको व्यवहारले देखाउने नै छ । तर नेकपालाई नजिकबाट जान्नेहरु भने कोर्ष निकै अघी बढिसकेकोले करेक्सन हुने सम्भावना कम रहेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ