arrow

अमेरिकाबाट नेपालीको चेतावनीः ओलीको कदम विरुद्ध राष्ट्रसंघ जान्छौं

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
kp-sharma-oli-final.jpg

काठमाडौं । संसद विघटन विरुद्ध नेपालमा मात्र नभइ विदेशमा रहेका नेपालीले पनि विरोध जनाएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अराजनीतिक, अलोकतान्त्रिक र अराजक भएको स्पष्ट पारेका छन् । 

नेपाली समाज अमेरिकाकाले एक विज्ञप्ति जारी गर्दै ओली नसच्चिए न्युयोर्कको ज्याक्सन हाइटमा सिमित नभई राष्ट्रसंघको ढोका ढक्ढक्याउने चेतावनी दिएको छ ।

अध्यक्ष समिर महर्जनद्वारा जारी विज्ञप्तिमा ओलीतन्त्र बिरुद्व जन्मभुमी नेपालमा संघर्षरत सबै तप्काप्रति एक्यबद्वता जाहेर पनि गरेको छ ।

नेपाली समाज अमेरिकाको संयोजकत्वमा हालै ज्याक्सन हाइटमा गरिएको बिरोध प्रदर्शनमा जनजाती महासंघ, प्रवासी नेपाली एकता मन्चका अगुवाहरुले ओलीको कदमको चर्को आलोचना गरे ।

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसले ओलीको कदमको विरोध जनाएको छ ।समितिका उपसभापति एवं सुचना तथा प्रचार प्रसार विभाग प्रमुख अनन्तराज सुवेदीले एक प्रेस बिज्ञप्ति जारी गरेर विरोध जनाएका हुन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ