arrow

हुम्लामा ओली समुहको कार्यकर्ता भेला, 'जहाँ ओली त्यहि नेकपा र सूर्य चिन्ह'

सूर्य चुनाव चिह्न दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ पुष २२ बुधबार
oli-humla.JPG

हुम्ला। नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली समुहको बुधबारबाट अगुवा कार्यकर्ता भेला सुरु भएको छ । बुधबार हुम्लाको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाबाट सुरु गरिएको अगुवा कार्यकर्ता भेलालाई नेकपा ओली पक्षका पोलिटब्युरो सदस्य एबं कर्णाली प्रदेश अध्यक्ष गोर्खबहादुर बोगटीले सम्बोधन गरेका छन् ।  

नेकपाको ओली समूहका केन्द्रीय सदस्य समेत रहेका नेता बोगटीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । उनले भने जहाँ ओली त्यहीँ नेकपा र सूर्य हुन्छ कोही पनि भ्रममा नपर्न र आफ्ना कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे । अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए । अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनः एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन ।

बुधबार ताजाकोटको छप्रेलामा नेकपाको ओली समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अर्का केन्द्रीय सदस्य दल फडेराले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हुन्छ त हाम्रो मात्र, नभए कसैको पनि हुँदैन ।’ दाहाल-नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको अदानचुली गाउपालिकाका अध्यक्ष समेत रहेका नेता फडेराले बताए ।

सो अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय सदस्य एबं खार्पुनाथ गाउपालिकाका उपाध्यक्ष रुपा शाही, नेता गोविन्द शाही र नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले सम्वोधन गरेका छन् । आफ्नै पाटीको सरकार भएर पनि सरकारलाई काम गर्न पनि नदिने बाटो नछोड्ने प्रचण्ड र नेपाल पक्षले गरेकाले पार्टीको यो दुरदशा भएको भन्दै नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको सम्बोधन गर्ने क्रममा नेता शाहीले आरोप लगाएकी छन ।

ताँजाकोट गाउँपालिकाबाट बुधबार (बुधबार) सुरु गरिएको अगुवा कार्यकर्ता भेला कार्यक्रम पौष २३ अदानचुली गाउँपालिकाको श्रीनगरमा, पौष २५ गते चंखेली गाउँपालिकाको पिप्लाङमा र  पौष २७ गते सर्केगाड गाउँपालिकाको सर्केगाडमा संचालन गर्दै नेकपा ओली समुहले जिल्लाभरी कार्यक्रम गर्ने नेकपा हुम्लाका कार्यालय सचिव कमल बोहराले बताए । बुधबार ताजाकोटको छप्रेलामा भएको अगुवा कार्यकर्ता भेला कार्यक्रममा ओली समुहका ८० देखि एक सय जना अगुवा कार्यकर्ता भेला भएको बोहरनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ