arrow

ओली सरकारको निशानामा प्रचण्ड–नेपाल पक्षीय कर्मचारीहरु 

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
nijamati-karmachari.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादको सोझो प्रभाव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी क्षेत्रमा पनि देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी फुट्नु अघिसम्म निजामती क्षेत्रमा सरकारको पहिलो निशानामा नेपाली कांग्रेस निकट कर्मचारीहरु पर्थे । तर अब समय फेरिएको छ । अहिले सरकारको निशानामा प्रचण्ड–नेपाल निकट पक्षीय कर्मचारीहरु पर्न थालेका छन् ।

प्रचण्ड–नेपाल पक्ष निकट कर्मचारी नेताहरु सरकारले आफ्नो गुटसँग सहमत नहुने कर्मचारीमाथि पूर्वाग्रही व्यवहार गर्न थालेको बताउँछन् । निर्वाचन आयोगको  राजनीतिक महाशाखाको तत्कालिन  महाशाखा लक्ष्मीप्रसाद गौतम गुटको शिकार भएका छन् । प्रचण्ड–नेपाल गुट निकट भएकै कारण उनलाई निर्वाचन आयोगबाट कानुन आयोगमा थन्काइयो । शंकर पोखरल निकट भरतमणि गौतमलाई उनले राजेकै ठाउँमा सहसचिबबाट सचिवमा  बढुवा गरिएको छ ।  

यतिमात्र होइन, प्रचण्ड–नेपाल पक्षको  कार्यक्रममा सहभागी हुने कर्मचारीहरुलाई कारबाही गर्न छानी छानी सूची बनाउन थालिएको प्रचण्ड–माधव पक्ष निकट कर्मचारीहरु बताउँछन् । तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका नेता तथा प्रचण्ड–नेपाल पक्ष निकट कर्मचारी मोहन घिमिरले सरकारले आफ्नो पक्षसँग निकट नभएका कर्मचारीहरुमाथि पूर्वाग्रही व्यवहार गर्न थालेको बताए । ‘निजामती कर्मचारीहरुलाई गुुट नबनाऔं भन्ने तर आफैं गुट बनाउने काम प्रधानमन्त्री स्वयंले गर्नु भएको छ’ घिमिरले भने । 

तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी संगठन र तत्कालीन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनबीच समायोजन नहुँदै नेकपा फुटको अवस्थामा आएको छ । यसको असर अहिले कर्मचारीहरुमा देखिएको छ ।
 
अहिले यी दुवै कर्मचारी संगठनभित्र तीव्र ध्रुव्रीकरण सुरु भएको छ । निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा केपी ओली पक्षमा गएका छन् भने महासचिव रेवन्त गौतम प्रचण्ड–नेपाल पक्षसँग निकट भएका छन् । 

यसैगरी राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि राउल प्रचण्ड–नेपाल पक्षमा गएका छन् भने महासचिव प्रभात साह ओली पक्षीय निकट भएका छन् । ध्रुवीकरणमा नलागेका कर्मचारीहरु पनि एउटा गुट समात्न वाध्य भएका छन् । 

आधिकारिक कर्मचारी संगठनका कार्यबाहक अध्यक्ष भोला पोखरेल शुरुदेखि नै माधवकुमार नेपाल पक्षीय कार्यकर्ता हुन् । अहिले उनको काम केपी ओली पक्षीय कर्मचारीहरुलाई आफूतिर आकर्षित गर्ने र सरकार विरोधी आन्दोलनमा ओली पक्षीय कर्मचारीहरुलाई बढी भन्दा बढी सहभागी गराउनु हो ।  

केही महिना अघि शाखा अधिकृतबाट उपसचिवमा बढुवा भइ आधिकारिक टे«ड युनियनको अध्यक्षबाट राजीनामा दिएका पूण्य ढकाल ओली पक्षका खास कार्यकर्ता मानिन्छन् तर उनी अहिले काठमाडौंमा छैनन् । प्रमुख जिल्ला अधिकारी भएर सुदूर पूर्वमा पुगेका छन । त्यसैले अहिले ओली पक्षीय कर्मचारीहरुको नेतृत्व देवकोटाले गर्दै आएका छन् । 

दुई वर्षअघि सरकारले देवकोटा र पोखरेललाई समायोजन गरी स्थानीय तहमा खटाएको थियो । तर यी दुवै नेता विभिन्न बहाना देखाएर सरकारले खटाएको ठाउँमा गएका छैनन् । ओली पक्षका भएपछि देवकोटालाई अहिले झनै सजिलो भएको छ । उनी काठमाडौंमा बसेर कुन कर्मचारी कुन पक्षमा लागेको भन्दै सूची बनाउन थालेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ