arrow

रामकुमारीलाई पक्रेर ओलीले विपक्षीहरुलाई तर्साउन खोजेः दिव्यमणी राजभण्डारी

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
dibyamani-rajbhandari.gif

काठमाडौं। नेकपाकी नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर देशव्पायी कडा प्रतिक्रियाहरु उत्पन्न भएका छन् । केपी ओलीले नेतृत्व गरेको सत्तारुढ दल बाहेकका सबै राजनीतिक दलका नेता कार्यकर्ताहरुले झाँक्री पक्राउको विरोध गरेका छन् । सामाजिक संजाल र आमसंचार माध्यम उनको पक्राउको विरोधमा रंगिएका छन् । 

कांग्रेस नेता दिव्यमणी राजभण्डारीले लोकतन्त्रकै धज्जी उडाएर झाँक्रीको पक्राउ गरिएको बताए । आफूसँग असहमतहरुलाई तर्साउने नियत झाँक्रीको पक्राउमा देखिएको उनले बताए ।

राणाकालमा तत्कालिन प्रधानमन्त्री जंगवहादुर राणाले पनि आफूसँग असहमत आफ्नै दाजुभाइ र आठपहरियाहरुलाई पनि कार्वाही गरेजस्तै प्रधानमन्त्री केपी ओलीले रामकुमारीलाई पक्राएर कार्वाही गर्ने सन्देश दिएको हो भने त्यो खतरनाक भएको बताए ।

संविधानले प्रत्याभुत गरेको वाक तथा अभिव्यक्ति  स्वतन्त्रताको पक्षमा व्यवहारमै आफूलाई उभ्याउन राजभण्डारीले सरकारसँग माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ