arrow

ओली प्रचण्डलाई साउदको प्रश्न- चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम उत्तिकै दोषी

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
np-saud4.jpg

कञ्चनपुर । भारत र चीनले सीमामा नेपाली भूमि मिची रहँदा सरकारले प्रतिवाद गर्न नसकेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले बताएका छन् । दार्चुला सदरमुकाम खलङ्गामा सोमबार आयोजित सरकार विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् ।

'अहिले पनि सीमामा गतिविधिहरू भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली काँग्रेस तयार छ', नेता साउदले भने ।

उनले राष्ट्रियताका लागि सङ्घर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे । 'म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरूले राष्ट्रियताका मामिलामा जसरी सङ्घर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलाम गर्न चाहन्छु',नेता साउदले भने ।

उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भदै आपत्तिसमेत जनाए । 'भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईँ हो । भारतसँग सीमा विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नउठाईकन तपाईँहरू आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्न हुनुभयो', नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, 'चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।'

उनले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय काँग्रेसलाई मान्य हुने बताए । 'नेपाली काँग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली काँग्रेस अगाडि बढ्ने छ', नेता साउदले भने ।

उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे । 'यो सरकारले गरेको काम एक व्यक्ति केपी शर्मा ओलीले गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, वामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुवैले लिनुपर्छ', नेता साउदले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ