arrow

संसद विघटन गर्दा यसकारण बोलाइनन् नेताहरुलाई राष्ट्रपतिले 

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
lalbabu-yadav.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले संविधान र लोकतन्त्रको संरक्षण र सुदृढिकरणका लागि राजनीतिक दलहरुको नै प्रमुख भूमिका हुने भएकाले राष्ट्रपतिले नेताहरुलाई मंगलबार सर्वदलीय बैठकमा बोलाएको बताएका छन् । 

उनले भने, ‘अहिलेको बेलामा संविधानलाई संरक्षण कसरी गर्ने, लोकतन्त्रलाई कसरी बनाउने र उहाँहरुको भूमिका के हो, उहाँहरुले के गर्दै हुनुहुन्छ र आपसमा मिलेर जनताका समस्याहरु समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्न राजनीतिक दलका नेताहरु र पूर्वप्रधानमन्त्रीहरुलाई निम्त्याउनु भएको हो ।’

संसद विघटन हुँदा बोलाउँदा खेरी के हुन्थ्यो भने उहाँले राजनीतिमा सक्रिय भूमिका खेल्न थाल्नुभयो भनेर यहाँहरुले नै भन्न थाल्नुहुन्थ्यो । त्यसकारण विवादास्पद भएको बेलामा अलि गाह्रो हुन्छ जहाँ पनि । तर अहिले त के भयो भने संसद पुनःस्थापना भैसक्यो । सरकारले काम गरिराहाछन् । त्यो भएको हुनाले जनताका समस्याहरु के छन्, अहिलेको संविधानमा के कुराहरु छन् । लोकतन्त्र हामीले यति बलिदान गरेर बनाइएको लोकतन्त्रलाई कसरी सुदृढिकरण गर्ने यो कुरामा त बेलाबेलामा राजनीतिक दलहरु जहाँ पनि हुन्छ हेड अफ द स्टेटले अरुले बोलायो भने जाँदैन कोही यता हुन्छन् कोही उ गर्छन् । तर हेड अफ द स्टेट भने के हो भने कन्स्टिच्युसनल उहाँसँग बोलाएर कुरा गर्छन् । 

उनले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा मंगलबार थप स्पष्ट पार्दै भने, ‘अलिकति अध्ययनमा कमी भयो कि अथवा चाहिँ हामीले के गर्या हो म बुझ्न सक्दिन । एउटा कुराचाहिँ के छ भने कन्स्टिच्युसनल हेड अफ द स्टेट अथवा संवैधानिक राजा हो वा राष्ट्रपति हो उहाँले चाहिँ के हो भने हाम्रो संविधानमा लेख्या छ प्रधानमन्त्री र मन्त्रिपरिषदमा सम्पूर्ण कार्यकारिणी अधिकार हुन्छ । उहाँले ल्याएको कुराहरुलाई राष्ट्रपतिले हटाउनै सक्नुहुन्न । विधेयकलाई चाहिँ छलफल गर्न सकिन्छ अध्यादेशलाई गर्न सक्दैन ।’

सल्लाहकार यादवले अगाडि भने, ‘अध्यादेश भनेको इमरजेन्सी हुन्छ । त्यो सारा गुण, दोष सरकारमा जान्छ ।’

संसद विघटनबारे यादवले स्पष्ट पारे, ‘संसद विघटन उहाँले गरेको हैन । संसद विघटन चाहिँ वर्तमान सरकारले गरेको हो ।’

यो उपयुक्त थियो कि थिएन, संवैधानिक थियो कि थिएन भनी ख्यालै नगरी संसद विघटन गरेकी राष्ट्रपतिको कदमको ढाकछोप गर्ने प्रयास गर्दै यादवले भने, ‘त्यो त फेरि संसदले, राजनीतिक दलहरुले वैकल्पिक सरकार बन्छ कि बन्दैन, अहिले पनि बन्या छ र ? संसद पुनःस्थापना भएको त यति महिना भइसक्यो । राजनीतिक दलहरुले मिलेर चाहिँ कहिले बैठक गरिराख्नु भाछ । कहिले कांग्रेससँग त कहिले माओवादीसँग त कहिले जसपासँग । यिनीहरु बार्गेनिङ गरिराछ । कुनै पनि बार्गेनिङ जनताको लागि हो कि मुलुकको लागि हो कि लोकतन्त्रको लागि हो ?’

उनले अगाडि थपे, ‘१७ हजार मान्छे बलिदान यसैका लागि गरेको हो ?’

यादवले अहिले सबैभन्दा बढी राम्रो भूमिका कांग्रेस सभापति शेरबहादुर देउवाले भएको पनि बताए । उनले भने, ‘म शेरबहादुरजीको मान्छे पनि हैन नेपाली कांग्रेस पनि हैन ।’

यादवले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बचाउनका लागि सर्वदलीय बैठक नडाकेको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँले चाहेर पनि बचाउन सक्नुहून्न । उहाँले किन बचाउने ?’

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएकी छिन् । उक्त बैठकको औचित्यताबारे भने ब्यापक टिकाटिप्पणी भइरहेको छ ।

संसद विघटन गर्ने बेलामा दलहरुसँग सल्लाह नगर्ने राष्ट्रपतिलाई अहिले के विपद् आइपर्यो र बैठक डाक्नुपर्यो भन्ने चासो बढेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ