arrow

स्वास्थ्य सामग्रीमा भन्सार छुट, शुल्क नघटाए निजी अस्पताललाई कारबाही

logo
प्रकाशित २०७३ असार १० शुक्रबार
department-of-custome.jpg.jpeg
काठमाडौं । भन्सार विभागले महङ्गा उपचारको साधन नेपाल ल्याउँदा लाग्ने भन्सार महशुलमा भारी छुट गरेको छ । यस भन्दा अघि ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लाग्दैआएकोमा यो वर्षदेखि सरकारले खरीद मुल्यको एक प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेको हो । 
 
भन्सार विभागका अनुसार करोडौं मुल्य पर्ने उक्त मेसिनहरू नेपालमा ल्याउँदा लाग्ने शुल्क पनि झनै थपिने र त्यसको प्रत्यक्ष मार जनतामा पर्ने भएकोले जनउत्तरदायित्व बहन गर्दै यस्ता स्वास्थ्यजन्य विभिन्न सामानको खरिदमा भन्सारमा महशुल १ प्रतिशत मात्रै असुली गरिने जनाएको हो । ‘हामीले जनतालाई स्वास्थ्यको लागि पुँजीगत सहयोग खासै गर्न नसकेपनि सरकारले लिने महशुल त छुट गर्न सक्छ नि भनेर यस्तो महंङ्गा सामग्रीको भन्सार छुट गर्ने तयारी गर्दैछौं ।’
 
 विभागका प्रवक्ता सूर्य सेढाईँले भने ‘हामीलाई विश्वास छ कि हामीले भन्सार छुट गरेपछि यसको सीधा फाईदा जनताले पाउने छन् ।’ उनका अनुसार यस भन्दा अगाडि ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट जोड्दा झण्डै किनेको मुल्यमा २० प्रतिशतको हाराहारीमा पुग्ने भएको भएपनि सरकारले झण्डै २० प्रतिशत छुट दिएको उनले जानकारी दिए । 
 
तर विभागले जनाताको लागि भनेर यस्तो छुट दिईरहँदा निजी अस्पतालभने यस्ता शुल्कमा कमि गर्न नसकिने बताउँदै आएका छन् । निजी अस्पतालहरूको छाता संगठन अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले नेपाल स्वास्थ्य सेवाको हिसावले विश्वमा नै दोस्रो सस्तो मुलुक रहेको भन्दै अब पनि जनतालाई सुविधाको नाममा शुल्कमा कमि गर्न नसक्ने जनाएका छन् । ‘हामी विश्वकै सबैभन्दा सस्तो स्वास्थ्यसेवा रहेको मुलुक हो । अब पनि सुविधा भन्दै शुल्क घटाउन भने सकिँदैन’ थापाले भने । 
 
तर उनले भनेजस्तो स्वास्थ्य सेवामा नेपाल दोस्रो सस्तो भन्दा जनताको प्रतिव्यक्ति आयको कुरालाई हेर्नुपर्ने तर्क जानकारहरू गर्छन् । उनीहरू नेपालको स्वास्थ्य सेवा थापाले भनेजस्तो सस्तो नरहेको पनि दाबी गर्छन् । उनीहरूका अनुसार यदि निजी अस्पतालले विरामीलाई छुट दिँदैनन् भने यस्तो सुविधाबाट जनताले राहतको महसुश गर्न नसक्ने भएको तर्कगर्दै उनीहरू सरकारले दिएको सुविधाको कुनै औचित्य नरहेको दाबी पनि गर्छन्. । 
 
निजी अस्पताल व्यवसायीको छातासंगठनका वरिष्ठ उपाध्यक्ष थापाकै अनुसार यस्ता सामग्रीहरू ३० देखि ५० करोडसम्म पर्ने गरेका छन् । यस्तो सामग्री नेपाल ल्याउदा भन्सार महशुलमा कमि गरिनु सकारात्मक रहेको भएपनि आफूहरूले विरामीलाई शुल्क घटाउन भने अहिले सम्भन नरहेको उनको तर्क थियो । 
 
उता, स्वास्थ्य मन्त्रालयले भने निजी अस्पतालहरूले भन्सार छुट गरेको खण्डमा विरामीलाई पनि सहुलियत दिने सहमति भएर नै यस्तो निर्णय भएको भन्दै पहिलेको भन्दा सहुलियत मुल्यमा उपचार नगराए अनुगमन गरेर कारबाही गर्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । 
 
के के मा हुँदैछ छुट ? 
विभागले नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्यसंस्थाले मृगौला, उपचारमा प्रयोगहुने हेमाडायलाई मेसिन, डायलाईसिस रि–प्रोसेसर, डायलाईजर, र यसको ट्युविङ, डाईलाईसिस बेड र कुर्सी, मुटुरोगको निदान तथा उपचारमा प्रयोग हुने इकोकार्डियोग्राफ, भिडियो स्कोप, क्याथल्याव, हर्ट मेसिन, र डिफिब्रिलेटर, तथा क्यान्सर, रोगको निदान र उपचारमा प्रयोग हुन् पोजिट्रोन इमिसन टोमोग्राफी पेट स्क्यान मेसिन रहेका छन् ।
 
त्यसैगरी, कम्प्यूटेड टोमोग्राफी (सिटी स्क्यान) मेसिन, मेमोग्रफी, व्रेसीथेरापी, र लिनियर एक्सिलरेटर रोग निदानमा प्रयोग हुने फ्लो साईटोमिटर, नेक्स्ट जेनेरेशन सिक्वेमसर, प्रोटिन माइक्रोवरी प्रेटफर्म  र मल्टिफेक्स रियल, राईम पी.सी आर हेकाटोलजी, एनालाईजर, ब्लड केमेष्ट्रि एनालाईजर, म्याग्नेटिक निजोनेनन्स र इमेजिङ (एमआरआई मेसिन किन्दा भन्सारमा एक प्रतिशत मात्रै महशुल लाग्ने विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ