arrow

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैङ्कको क्युआर कोड

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
mbl-qr-code-bhaktpur.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्वयन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैङ्किङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रूपमा लागिरहेको माछापुच्छ्रे बैङ्कले देशका सातै प्रदेशमा क्युआर कोड सेवा सुरुवात गरेको छ। चैत्र ८ गते आइतबार नेपाल राष्ट्र बैङ्क, नेपालगन्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरी ४ स्थानमा क्युआर कोड सेवाको  सुरुवात गरेका हुन्।

त्यसै गरी नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैङ्किङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ बैङ्कले चैत्र १० गते मङ्गलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। यसअघि बैङ्कले विभिन्न समयमा अन्य प्रदेशहरूमा औपचारिक कार्यक्रमहरू गरी क्युआर कोड सेवा सुरु गरेको बैङ्कले जनाएको छ।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानुपर्ने लगायतका थुपै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको बैङ्कको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैङ्कले देशका विभिन्न स्थानहरूमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेस्टुरेन्ट, कस्मेटिक पसलहरू, यातायात सेवाहरू लगायतका विभिन्न व्यवसायीहरूलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ। डिजिटल बैङ्किङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैङ्कले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने बैङ्कले जनाएको छ।



नयाँ