arrow

‘प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो’

प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन: भीमार्जुन आचार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
kp-sharma-oli-final.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आव्हान गरेसँगै विभिन्न टिकाटिप्पणी शुरु भएको छ ।

भण्डारीले सरकार गठन प्रक्रियाका मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले उपधारा ४ अनुसार नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि उनले सो धारालाई उछिन्दै सिधै धारा ७६ (५) अनुसार अघि बढ्ने बताएका थिए ।

संविधानविद भीमार्जुन आचार्यले सामाजिक संजालमा लेखेका छन्, ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आब्हान गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’

अन्य कानुनविदहरुले पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतमा नियुक्त प्रधानमन्त्री पदमुक्त नै नभई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रियाका लागि आह्वान गर्नु भनेको संवैधानिक मर्यादाको ठाडो उल्लंघन भनेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ