arrow

अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य लगातार बढेको भन्दै आयल निगमले बढायो सबै इन्धनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
Nepal-Oil.jpg.jpeg

काठमाडौं । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य लगातार बढेपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको छ।

निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको जनाएको छ। पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। त्यस्तै एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा भईरहेको दैनिक मूल्य वृद्धिको चाप नेपाली बजारमा पनि स्वत पर्नेहुँदा आउँदा दिनहरु अझ विषम हुने तथा पेट्रोलियम पदार्थकोमूल्य वृद्धि अवश्यमभावी हुने पनि निगमका प्रवक्ता ई.विनित मणि उपाध्ययद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ