arrow

प्रिमेश शिवाकोटी,

प्रदेश २ का तीन जिल्लामा ओली समूहले एकलौटी गर्‍यो मनोनयन, माधव पक्ष असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २५ शुक्रबार
pradesh-uml.jpg

रौतहट । केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमाले केपी शर्मा ओली समूहले रौतहटसहित प्रदेश २ का तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ । निर्वाचित जिल्ला अध्यक्ष र सचिव भए पनि ओली समूहले एकलौटी रूपमा अध्यक्ष र सचिव चयन गरेको हो । ओली समूहले रौतहट अध्यक्षमा चन्द्रपुर ८ निवासी तुलसीराज गिरी र सचिवमा मनोज कुमार यादवलाई चयन गरेको हो ।

पहिले वरिष्ठ नेता माधव कुमार नेपाल निकट रहेका जिल्ला अध्यक्ष कमल राय यादवलाई बाइपास गरेर ओली समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले उनीहरूलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको पत्र बिहीबार ९ मात्रै सार्वजनिक भएको थियो । नेतृ ज्वाला कुमारी साह माओवादी केन्द्र छाडेर आफ्नो पार्टीमा आएपछि ओलीले उपहार स्वरूप केही समय अघि मात्रै प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिएका थिए ।

एमाले सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले ज्वाला कुमारी शाह आफै अवैध रहेकाले उनले अध्यक्ष र सचिव तोक्नुको कुनै अर्थ र तुक नरहेको प्रतिक्रिया दिएका छन् । 

बारामा बलवीर चौधरीलाई अध्यक्ष बनाइएको छ भने सचिवमा राज मोहम्मद चयन भएका छन् । यता माधव समूहका रौतहट अध्यक्ष कमल राय यादवले केन्द्रमा एकता प्रक्रिया चलिरहँदा ओली समूहले नयाँ नियुक्ति गरेर आफ्नो तानाशाही प्रवृत्ति झनै उदाङो पारेको र पार्टी एकता स्वयं ओलीकै अहङ्कारले बिथोलिने प्रतिक्रिया दिएका छन् । 

यता निर्वाचित एमाले जिल्ला सचिव लक्ष्मण रेग्मीले एमालेको साधारण सदस्य समेत नरहेकी कथित प्रदेश कमिटी अध्यक्षले मनोनयन गर्नु आफैमा हास्यास्पद, विधान विपरीत र कुनै वैधानिकता नरहेको प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ