arrow

प्रतिनिधि सभाको बैठक आज

ओलीलाई देखाएरै देउवालाई मत दिन तयार भयो नेपाल समूह

विश्वासको मत पाएपछि देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ३ आइतबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदबाट विश्वासको मत लिने तयारी गरेसँगै  एमालेको माधवकुमार नेपाल समूहले विश्वासको मत दिने भएको छ । संसद् जोगाउन पनि देउवालाई विश्वासको मत दिनुपर्ने भएकाले उनीहरूले मत दिने बताएका हुन् । 

‘हामी शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा छौ। संसद् जोगाउन र प्रधानमन्त्रीले जथाभाबी गर्नुहुन्न भन्ने प्रमाणित गर्न पनि विश्वासको मत दिनुपर्छ,’ नेपाल समूहमा रहेका सांसद मेटमणि चौधरीले भने, ‘विश्वासको मत दिने वेलासम्म एमालेबाट अहिलेको सङ्ख्या बढ्न सक्छ।’

रिटमा हस्ताक्षर गर्ने २३ सांसदमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे (वारेसमार्फत), भवानी खापुङ, राजबहादुर बुढा, यज्ञराज सुनुवार, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरू, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने थिए । नेपाल समूहकै गोकर्ण विष्ट र योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन् । 

एमाले स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर पार्टीभित्रको विवाद कायमै रहेकाले नेपाल पक्षका सांसदहरूले विश्वासको मत नदिने भएका हुन्  । उनीहरूले संविधानको धारा ७६ को ५ अन्तर्गत बनेको सरकार भएका कारण पार्टीको ह्विप नलाग्ने भएको र सर्वोच्च अदालतले पनि कारबाही गर्न नपाउने आदेश जारी गरेपछि निर्धक्क भएर मत दिने बताएका छन् । 

प्रधानमन्त्री देउवालाई विश्वासको मत लिन र संसद् जोगाउन कम्तीमा १३६ सांसद आवश्यक पर्छ । अहिले काँग्रेसको ६१, माओवादीको सभामुखबाहेक ४८ र जसपाको उपेन्द्र–बाबुराम समूहका १२, जनमोर्चा र स्वतन्त्र १/१ गरी १२३ सांसद छन् । बहुमतका लागि अझै १३ मत अपुग छ । 

नेपाल समूहको सहयोगबिना देउवाले विश्वासको मत पाउने अवस्था छैन । यद्यपि आफ्नो पक्षमा ५–७ सांसद बढेको यादवको दाबी छ । यति हुँदा पनि नेपाल समूहका ८–१० सांसदको भूमिकाले देउवाले विश्वासको मत र सांसदले निरन्तरता पाउने अवस्था आउने बताइएको छ ।

विश्वासको मत पाएपछि देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ