arrow

टोकियो ओलम्पिक : १९ देशले हात पारे स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
olympics-tokyo-2020-medal.jpg

काठमाडौँ। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ।

प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ। यस्तै दुई स्वर्ण, एक रजत र तीन कास्य गरी अस्ट्रेलिया चौथो, दुई स्वर्ण र तीन कास्य सहित कोरिया पाँचौँ स्थानमा रहेको छ र एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा रहेको छ।

यसै गरी इटाली, बेलायत, अस्ट्रिया, फ्रान्स, क्यानेडा, हङ्गेरी, ट्युनिसिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन्। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन्। दुवै जना पराजित भइसकेका छन्। परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

टोकियो ओलम्पिकमा अब पौडीका गौरीका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।

शाहले मङ्गलवार, सिंहले बुधवार तथा चौधरीले शुक्रवार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्ने छन्।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ