प्रधानमन्त्री देउवा र प्रचण्डबीच करिब एक घन्टा छलफल, मन्त्रिमण्डललाई चाँडै पूर्णता दिइने
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
4.1k
Shares
काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारेमा छलफल गर्न प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार विहान भेटघाट भएको छ ।
प्रचण्डको निजी सचिवालयका अनुसार शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको हो ।दुई नेताबीच बालुवाटारमा शनिबार बिहान करिब एक घण्टा छलफल भएको र उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गठबन्धन सरकार गठन भएको लामो समय वितेपनि मन्त्रिपरिषदले पूर्णता नपाएपछि आलोचना हुन थालेको छ ।