arrow

तालिबानको सत्तामा फिर्ती पत्रकारिताका लागि 'विनाश' - अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
afghanistan journalsm.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका प्रमुखले अफगानिस्तानमा पत्रकारिता हराउने खतरा भएको बताएका छन् । अफगानिस्तानमा तालिबान सरकारको नियन्त्रण रहेका बेला काम गर्न खोजिरहेका पत्रकारहरूमाथि कुटपिट र जेल हाल्ने कार्य भइरहेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे)का महासचिव एन्थोनी बेलान्जरले तालिबानले प्रेस नियन्त्रण गर्ने चिन्ता व्यक्त गरेका हुन्। बेलायती पत्रिका दि गार्जियनसँग बोल्दै उनले भनेका छन्, 'अहिले नै धेरै लहर फैलाउन नखोजे पनि, तालिबानले बिस्तारै सबै कुराको नियन्त्रण गर्नेछ र विदेशी प्रेसको समेत ।'

उनले अफगानिस्तानमा तालिबान मिडिया हुनसक्ने बताएका छन् । समावेशी सरकार बनाउने भनेको तालिबानले एक जना महिलासमेत समावेश नगर्नुले नै 'तालिबान तालिबान नै' भएको पुष्टि भएको उनको भनाइ छ । अफगानिस्तानमा तालिबानकाे फिर्ती पत्रकारिताका लागि 'एक विनाश'का रूपमा रहेकाे उनकाे भनाइ छ ।

'अफगानिस्तानमा रहेका करिब १ हजार ३ सय जना पत्रकारहरूआईएफजेका प्रतिनिधिहरुसँग सम्पर्कमा' रहेको उनले बताएका छन् । ती मध्ये करिब ३ सय जना महिला रहेको र उनीहरू काबुलमा रहेको बताइएको छ ।

अहिले महिला पत्रकारलाई काम गर्न लगभग मुस्किल नै भएको उनको भनाइ छ । विश्वभरका ६ लाखभन्दा बढी पत्रकारहरुको नेतृत्व गर्ने महासंघले अफगानिस्तानबाट पत्रकारहरुको उद्धार गर्न अझै कोसिस गरिरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ