arrow

चौथो वार्षिकोत्सवको केही दिनअघि नागाको समान्थासँग महंगो सम्बन्ध विच्छेद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
naga-samantha-divorce.JPG

काठमाडौं । साउथ इन्डियाका चर्चित अभिनेता नागा चैतन्य र अभिनेत्री समान्था अक्किनेनीबीच सम्बन्ध विच्छेद भएको छ । परिवारले समेत पनि सम्बन्ध मिलाउने प्रयास सफल पार्न नसकेपछि उनीहरु छुट्टिएका हुन् । नागा र समान्था छुट्टिने निर्णय गरेसँगै दुवैका परिवारको अदालतमा परामर्श पनि भएको थियो तर यी हिरो हिरोइनले आफ्नो फैसला नबदलेपछि उनीहरुको सम्बन्ध विच्छेद भएको हो । 

निकै लामो समयदेखि मिडियामा यसबारेमा चर्चा हुँदा समान्थाले प्रतिवाद गर्दै आएकी थिइन् । तर अन्ततः उनैले औपचारिक जानकारी दिँदै मिडिया खवरलाई साँचो बनाइदिएकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘हाम्रा सबै शुभचिन्तकका लागि कयौं विचार विमर्श र विचारपछि म र चाई (नागा चैतन्य) ले आफ्नो आफ्नो बाटो हिँड्नका लागि पति पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं ।’

उनले अगाडि लेखेकी छिन्, ‘हामी सौभाग्यशाली हौं कि एक दशकभन्दा बढी मित्रता हाम्रो नाताको मूल हिस्सा थियो । र हामीलाई विश्वास छ कि हामीबीच सधै एक विशेष बन्धन रहने छ ।’

उनले फ्यान र मिडियाबाट गोपनीयताका लागि अनुरोधसमेत गरेकी छिन् । उनले ‘यो कठिन समयमा हाम्रो समर्थन गरी हामीलाई गोपनीयता दिनुहोस् जसले हामीलाई अगाडि बढ्न मद्धत गरोस्’ भनेकी छिन् ।

ससम्बन्ध विच्छेदसँगै नागाले समान्थालाई जीवन गुजाराका लागि भन्दै ५० करोड भारु दिनुपर्नेछ । 

उनीहरुको २०१७ को अक्टोवर ६ तारिखमा गोवामा हिन्दू रीतिरिवाज अनुसार बिहे भएको थियो । ७ अक्टोवरमा क्रिश्चियन रीतिरिवाज अनुसार बिहे भएको थियो । 

सम्बन्ध विच्छेदपछि समान्था अक्किनेनीले ट्वीटरमा समान्था रुथ प्रभू लेखेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ