arrow

मोतीपुर औद्योगिक क्षेत्रमा तनाव (भिडियो)

logo
नारायण वली,  
प्रकाशित २०७८ असोज २४ आइतबार
motipur-jhadap.jpg

बुटवल ।  मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ ।  मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न गएकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएपछि तनावको अवस्था बनेको हो । प्रहरीसँग झडपसँगै अतिक्रमणकारीले टायर बालेर विरोध गरेका छन् । 

जग्गा अतिक्रमण जाने एक हुल युवाको टोलीले फोटो खिच्ने पत्रकारहरूलाई समेत कुटपिट गर्न खोजेका छन् भने । पत्रकारको फोटो भिडियो डिलिट गर्ने लगाएका छन् । 

नेपाल सरकारले २०७२ साल चैत्र १ गते साबिक बुटवल नगरपालिका, टिकुलिगढ़ गाविस, आनन्द वन गाविस र फर्साटिकर गाविसका केही भाग, हाल बुटवल उप-महानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाँउपालिकाका चार किल्लालाई समेट्दै ८ सय १३ बिगाहा मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ