arrow

डिसहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
dish-home-spain.jpg

काठमाडौँ। डिसहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ। २०७८ असोज ११ गते देखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभी को नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए।

कार्तिक १७ गते बुधवार गरिएको लक्की ड्र मार्फत प्रभु टिभी जडान गर्ने काठमाडौँका ध्रुव कार्की (CasID 2549606982) र डिसहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952)छानिएका हुन्। यस लक्की ड्रको प्रत्यक्ष प्रसारण सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायतका च्यानलहरू र डिसहोमको फेसबुक पेजमा गरिएको थियो।

विजेताहरूले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटेल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउने छन्।
यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिसहोम, प्रभु टिभी, सिम टिभी, डिसहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ