arrow

माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
prachanda-comred.JPG

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशलाई दुर्घटनाबाट बचाउने जिम्मेवारी रहेको बताएका छन् ।

माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने भएकाले दुर्घटनाबाट बचाउन पार्टीको भूमिका अहम हुने बताए ।

‘परिवर्तनहरुलाई निरन्तर अगाडि बढाउने र देशलाई दुर्घटनाबाट बचाउने दायित्व अहिले माओवादी केन्द्रको काँधमा आएकाले हामीलाई निस्क्रिय हुने छुट छैन’, उनले भने, ‘क्रान्तिकारी बिरासत रहेको पार्टीलाई ठूलो जिम्मेवारी रहेकाले सोही अनुसार अघि बढ्न सबैमा आग्रह गर्दछु ।’

प्रचण्डले राजनीतिका हिजो जनयुद्धमा सहभागी भएका कार्यकर्ता, घाइते, सहिद तथा वेपत्ताका परिवारलाई पुनसंगठित गर्ने कुरामा कमजोरी भएको स्वीकार गरे । जनतामा माओवादीप्रति आशा भरोसा बढेर गएको उल्लेख गर्दै यो अवसरलाई कुनै हालतमा चुक्न दिन नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ