arrow

एमालेको पोलिटव्यूरोमा कास्कीका खगराज र सीताको इन्ट्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
Khagraj adhikari-sita giri.jpg

पोखरा । नेकपा एमालेको पोलिटब्यूरो कमिटीमा कास्कीका दुई नेता परेका छन् । जसमा कास्कीका खगराज अधिकारी र सीता गिरी ओली रहेका छन् ।

नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गर्दा कास्कीबाट दुई नेता परेका हुन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो ।

जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । नेता अधिकारी पूर्व गृहमन्त्री र स्वास्थ्य मन्त्री हुन् । यस्तै नेतृ ओली पूर्व सांसद हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ