arrow

आईएमई लाइफ इन्श्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
ime-bea-group.jpg

काठमाडौँ। आईएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिवार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ।

“ह्याण्ड इन ह्याण्ड फर  ऐन एक्सलन्ट फ्यूचर ” नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरि रहेका २४,५०० अभिकर्ताहरूमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडिआरटिमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरू र कर्मचारीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो। आईएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिति थियो। उनीहरूले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ता हरुलाई प्रेरित गरे।

आईएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनरद्वारा एमडिआरटिलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो। आईएमई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए।

कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए। उनले आगामी दिनहरूमा बिमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्न कालागि सबै उपस्थित अभितर्कालाई प्रेरित गरे। त्यस्तै कम्पनीका अध्यक्ष डा.राम हरि अर्यालले बिमा अभिकर्ता सम्मानजनक पेसा भएको र राष्ट्रको लागि योगदान पुर्‍याएको बताए। समापनको अवसरमा सञ्चालक अश्विनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ