arrow

देउवा, प्रचण्ड र नेपालबीच छलफल, गठबन्धनको बैठक शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
deuba-prachanda-nepal-1353.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार साँझ प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यसअघि बिहीबार अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो । 

अब गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजे बालुवाटार बोलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ