arrow

आज पनि बानेश्वर क्षेत्रमा सुरक्षा कडा  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
security-baneshwor-24r242442424.jpg

काठमाडौं । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । 

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने एमसीसीमा आफूहरु स्पष्ट भएको बताउँदै आएको छ । 

जुन दिन संसद चल्छ त्यो दिन एमसीसीको विरोध गर्नेहरु सडकमा उत्रिने गरेका छन् । बानेश्वर क्षेत्र यो महिनाको शुरुआतदेखि नै तनावग्रस्त बन्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ