arrow

मुआब्जा नदिई विस्थापित भएको भन्दै झापामा चिनियाँ पूर्वाधार आयोजनाको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
damak-clean-industrial-park.jpg

काठमाडौँ। चिनियाँ लगानीप्रति नेपालमा बढ्दै गएको असन्तुष्टिबीच प्रदेश १ को झापाका स्थानीयवासीले उचित मुआब्जा नपाएर आफ्नो जग्गाबाट विस्थापित भएको भन्दै दमक क्लिन इन्डस्ट्रियल पार्क (डीसीआईपी) विरुद्ध प्रदर्शन गरेका छन्।

डीसीआईपी परियोजनालाई कब्जा गर्ने चिनियाँ रणनीति अन्तर्गतको भ्रष्ट र जबरजस्ती अभ्यास भएको स्थानीयहरूले आरोप लगाएका छन्। चीनको नेतृत्वमा भएको पहलको विरुद्धमा विभिन्न समूहमा रहेका स्थानीयहरू एकिकृत भएर आन्दोलनमा उत्रिएका हुन्।

'हामी हजारौँ विस्थापित भएका छौँ, कुनै उचित क्षतिपूर्ति पनि दिइएको छैन,' एक प्रदर्शनकारीले भने। उचित मुआब्जा नदिई आफ्नो जग्गा खाली गर्न बाध्य पारिएको, आम्दानीको एक मात्र स्रोत जग्गा खोसिएकालाई रोजगारीको ग्यारेन्टी नदिइएको आन्दोलनकारीको आरोप छ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण भइरहेको यो आयोजना ३२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसलाई थप ११४२ हेक्टरमा विस्तार गर्ने योजना छ।

जनवरीको सुरुमा क्यानाडामा आधारित थिंक ट्यांक इन्टरनेशनल फोरम फर राइट्स एन्ड सेक्युरिटीले झापाका स्थानीयहरूले 'औद्योगिक पार्क पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने' भनी चीन प्रायोजित दमक क्लिन इन्डस्ट्रियल पार्कको विरोध गरेका थिए। ओली बेइजिङसँग धेरै नजिक रहेको समयमा उक्त पार्क झापामा बनाउनका लागि चीन तयार भएको थियो।

नेपालको सुरक्षा हितका लागि अत्यावश्यक रहेका रणनीतिक क्षेत्रहरूमा चीनले हात हाल्ने आशङ्का गरिएको छ। र नेपाली जनताले बीआरआईलाई जग्गा अतिक्रमण गर्ने चिनियाँ रणनीतिको रूपमा हेर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ