भारतमा विद्युत् निर्यात गरेर नेपालले आर्थिक प्रगति गर्न सक्छ : भारतीय प्रधानमन्त्री मोदी
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
1.3k
Shares
तस्बिर : रासस
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठुलो योगदान पुग्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर परियोजनालाई गति दिन दुवै देशका प्रधानमन्त्री सहमत भएको जनाउँदै विद्युत् निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताएका हुन्।
‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत् परियोजनामा अझ धेरै भागीदारेका विषयमा सहमति व्यक्त गरेका छौँ,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत् निर्यात गर्दै छ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ।’
नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टिभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरू नेपाल प्रहरी प्रतिष्ठान, नेपालगन्जको एकीकृत चेकपोस्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए।
देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेल लाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ।