काठमाडौँ । एक समय एक राजाले आफ्नो मन्त्री, मित्र, अधिकारी तथा विद्वानहरूलाई राज दरबारमा आमन्त्रित गरेर उनीहरूको सामु तीन प्रश्न राखे। राजाले भने जसले पनि मेरो प्रश्नको सही-सही उत्तर दिने छ, उसलाई दरबारमा महामन्त्री बनाइने छ । पहिलो प्रश्न थियो-'महत्त्वपूर्ण समय कहिले हुन्छ, दोस्रो महत्त्वपूर्ण कार्य के हुन्छ अनि तेस्रो प्रश्न महत्त्वपूर्ण व्यक्ति को हो?'
सबैले आफ्नो-आफ्नो बुद्धि अनुसार जवाफ दिए, तर कसैको पनि जवाफले राजालाई सन्तुष्ट गराउन सकेन ।
अन्त्यमा राजा नगरको बाहिर एउटा झोपडीमा बस्ने सन्तकोमा प्रश्नको समाधान हेतु गए। सन्त आफ्नै मस्तीमा झुम्दै बगैँचामा आफूले रोपेका फल-फूलहरूको गोडमेल गरिरहेका थिए। राजाले नजिकै गएर प्रणाम गरे, तर सन्त कुनै उत्तर नदिई आफ्नो कार्यमा व्यस्त रहे ।
राजाले सोचे, 'सन्त वृद्ध छन्, सायद थाके होलान्, हुन सक्छ आराम गरेको बेलामा उत्तर दिने छन् ।' यो सोचेर राजाले सन्तको हातबाट कुटे लिए अनि फल-फूलहरूको गोडमेल गर्न थाले । सन्त थकाई मार्न बसे । सन्तको थकान केही दूर भएपछि राजाले सबै कुरा सुनाएर त्यसको समाधान खोजे । त्यही समय एक व्यक्ति दौडँदै त्यहाँ आए जो एकदमै घायल अवस्थामा थिए, उनको शरीरबाट रगत बगिरहेको थियो। वहाँ आइपुग्न साथै बेहोस भएर लडे।
साधु र राजा दौडेर त्यो व्यक्ति भएकोमा गए अनि पानी ल्याएर उनको घाउ धुन थाले । राजाले आफ्नो पगरी च्यातेर घाउमा पट्टी बाँधिदिए। जब उनलाई केही आराम मिल्यो, तब उसको होस आयो अनि राजालाई आफ्नो सेवा गरिरहेको देखेर उसको आँखाबाट आँसु बग्न थाल्यो।
उनले राजाको खुट्टा समातेर भने, 'राजन! मेरो अपराध क्षमा गरिदिनुहोस्।'
राजाले भने, 'भाइ! म त तिमीलाई जान्दिन पनि कि तिमी को हौ अनि तिम्रो अपराध के छ?'
ती व्यक्तिले भन्छन्, 'यद्यपि तपाईँले मलाई देख्न भएको छैन, तर पनि मेरो भाइको हत्या तपाईँको हातबाट भएको थियो। म बदला लिनको लागि धेरै दिनदेखि ताकमा थिएँ। तपाईँलाई साधुको कुटितिर आउँदै गरेको देखेर म तपाईँलाई मार्ने नियतले आएँ, तर तपाईँको सिपाहीहरूले मलाई देखे अनि मेरो यो हालत बनाए। हे राजन! मलाई थाहा थिएन कि तपाई यति दयालु हुनुहुन्छ, तपाईँले आफ्नो पगडी च्यातेर नि:स्वार्थ भावले मेरो घाउमा पट्टी बाँधिदिनु भयो । वास्तवमा तपाईँको यो व्यवहारले मेरो हृदय परिवर्तन गरायो। म तपाईँको यो उपकारको ऋणी भएँ। म तपाईँको सदा लागि दास बन्न स्वीकार गर्छु ।'
राजाले उसलाई सुरक्षित नगरमा पठाउने व्यवस्था गरेर सन्तको अगाडि आफ्नो जिज्ञासा राखे। साधुले राजालाई भने, 'हे राजन! तपाईँको प्रश्नहरूको उत्तर त मिलिसक्यो। हेर्नुहोस. सबैभन्दा महत्त्वपूर्ण समय त्यो थियो, जब तपाईँले मेरो फल-फूलका बिरुवाहरूको गोडमेल गर्न लाग्नु भयो । यदि त्यो बेला तपाई फर्केर गएको भए नि:सन्देह त्यो क्रोधित व्यक्तिले तपाईँलाई मार्ने थिए । सबैभन्दा महत्त्वपूर्ण कार्य त्यो थियो जुन तपाईँले त्यो व्यक्तिको निःस्वार्थ भावले सेवा गर्नुभयो । यदि सेवा गरेर उसको जीवन नबँचाएको भए, सदा आफ्नो मनमा शत्रुताको भावना लिएरै संसारबाट जाने थिए। अनि सबैभन्दा महत्त्वपूर्ण व्यक्ति म हु, जसबाट तपाई शान्ति पाएर फिर्नु हुने छ'
तर राजालाई सन्तको कुरा बुझेनन्, यसकारण विनम्र अनुग्रह गर्दै भने, 'हे महात्मा! तपाईँ भन्नु भएका कुरा मैले बुझिन, कृपा गरेर मलाई विस्तारपूर्वक सम्झाउनु होस ।'
साधुले राजको प्रेम भाव, नि:स्वार्थ सेवा, लगन र जिज्ञासालाई देखेर भने, 'हे राजन! अब म तपाईँलाई त्यो आत्म-तत्त्वको बोध गराउने छु जसलाई जानेपछि अरू केही जान्नु शेष रहँदैन अनि जसद्वारा तपाईँलाई तीन वटै प्रश्नको उत्तर मिल्ने छ।'
साधु महात्माले राजालाई परमपिता परमात्माको ज्ञानको बोध उनको हृदयमा गराएपछि राजाले भने, 'महात्मा! तपाईँको कृपाको म कसरी बखान गरूँ?'
फेरि राजालाई तीन प्रश्नको उत्तर बताउँदै साधु महात्माले भने, आफ्नो मनलाई एकाग्र चित गर्नुहोस्, जसद्वारा तपाईँले यस महत्त्वपूर्ण वाक्यहरूमाथि सदा निरन्तर ध्यान राख्न सक्नुहोस्।
महत्त्वपूर्ण समय हो वर्तमान समय, जसको उत्तम प्रकारले सदुपयोग गर्नुहोस्। महत्त्वपूर्ण कार्य त्यो हो जुन तपाईँको सामु हुन्छ, त्यसलाई एकदमै लगनको साथ अनि तल्लीन पूर्वक परा गर्न होस। महत्त्वपूर्ण व्यक्ति त्यो हो जुन तपाईँको सामु हुन्छ। ऊसँग एकदमै आत्मीयताको साथ व्यवहार गर्नुहोस् । परमपिता
परमात्मालाई साक्षी सम्झेर उसको नि:स्वार्थ सेवा गर्नुहोस् ।
वास्तवमा यो तीन कुरा हाम्रो जीवनको लागि एकदमै लाभदायक छन् । हामीले पनि यसलाई आफ्नो जीवनमा अपनाएर जीवनलाई आनन्दमय, सुखमय बनाउन सक्ने छौँ। यो तब सम्भव हुने छ जब हामी वर्तमान समयको ज्ञानी महापुरुषको शरणगत भएर उनीबाट अध्यात्म ज्ञानको दीक्षा प्राप्त गर्ने छौँ अनि त्यो ज्ञानलाई निरन्तर भजन-ध्यानको अभ्यास गरेर आफ्नो अनुभवमा उतार्ने छौँ ।