arrow

चेन्नई र मुम्बईको विजोग, खेलेका चारै खेलमा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २७ आइतबार
ipl-mumbai-chennai.jpg
तस्बिर– फाइल

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स सबैभन्दा कमजोर टिम बनेका छन् । अहिलेसम्म खेलेका चारै वटा खेलमा दुवै टिम पराजित भएका छन् । 

शनिबारको खेलमा चेन्नई र मुम्बई पराजित भए । मुम्बईमाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ ।

जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे ।

यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको  मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका सूर्य कुमार यादवले  सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर  ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए । बेंगलोरका हर्षल पटेल र  वानिन्दु हसरंगाले समान  २ विकेट लिए ।

त्यस्तै चेन्नईलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । चेन्नईले लगातार चौथो हार बेहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो ।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए । यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।

अंक तालिका
अंक तालिकाअनुसार चेन्नई र मुम्बईमात्र अंकविहीन छन् । सनराइजर्सले अंकको खाता खोलेको छ । 

कोलकाता नाइट राइडर्स, गुजरात टाइटान्स, बैंगलोर र लखनउ सुपर जाइन्टसको समान ६ अंक  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ